कोहलपुर ।
घरघरमा गहुँ भित्र्याउन हम्मे हम्मे थियो, काँही थ्रेसर लगाईएको थियो भने काँही गहुँ काट्दै थिए कोहलपुर नगरपालिका १३ का बासिन्दा । खेतबारीमा लट्रम्भ फलिरहेका थिए खुसार्नी, टमाटर । बालबालिकाहरु हतार हतारमा विद्यालय जाँदै थिए ।
जब जनताको घरघरमा स्थानिय प्रमुख देखि संघिय साँसदसम्म पुग्न थालेपछि गाउँभरीका किसानहरू एकिकृत रुपमा भेला भए । खेतबारीमा काम गर्दै गरेका किसानहरु पनि सबै आए । कोहलपुर नगरपालिका वडा नं. १३ मा पुलको प्रमुख समस्या छ, दोस्रो तटबन्ध । पुल नुहँदा शिक्षा, कृषिमा ठुलो समस्या छ ।
कोहलपुर १३ का स्थानिय कमल खत्री । उनी कृषक हुन् । कोहलपुर १३ भरैयामा भएका समस्याको बारेमा प्रष्टसंग यहाँका नवनिर्वाचित जनप्रतिनिधिहरुलाई थाहा छ तर पटक पटक समस्या बुझ्नुहुन्छ तर काम हुँदैन् खत्रीले बताउँछन् । ‘आज आउनुभएको छ तर काम हुने हो या होइन थाहा छैन’ उनले भने, तर यस पटक भने पक्कै हुन्छ भन्ने आशा जागेको छ ।’ ‘स्थानिय सरकारदेखि प्रदेश हुँदै केन्द्रसम्मको सरकारलाई समस्या औल्याउँदै खत्री भन्छन्, ‘यहाँका बालबालिकाले बर्खामा पढ्न पाउने अधिकार गुमाएका छन्, हामीले उत्पादन गरेको तरकारी बजारसम्म लिन पाएका छैनौं यावत समस्या छ ।’
यस्तै कोहलपुर १३ का स्थानीय पदम रानाले भरैयामा करिब ३ वटा पुल र तटबन्धको निकै समस्या रहेको बताए । जसका कारणले गर्दा खेतबारी बगाउँने र सामानओसारपसार गर्दा समस्या, रातको समयमा अस्पतालसम्म पुर्याउने समस्या, बर्षामा विद्यालयसम्म बालबालिका जान समस्या, उत्पादन भएको तरकारी बजारसम्म पुर्याउन नपाउनुको पिडा भरैयाका बासिन्दाहरुले भागेको स्थानीय रानाले बताए ।
‘अहिलेको प्रमुख समस्या गेरुवा खोलामा पुल नहुनु हो । निर्वाचन आएपछि यहाँका प्रमुख एजेण्डा नै गेरुवा खोलामा पुल बनाउने भन्ने नै हुन्छ तर निर्वाचित भएपछि कहाँ हराउँछन् कहाँ ?,’ उनले भने, ‘तर यो पटक भने नगर प्रमुख पूर्ण प्रसाद आचार्य, सांसद सुर्य ढकाल आउनुभएको छ खुसी लागेको छ अहिले पुल बन्छ भन्ने आशामा छौं ।’ यि त प्रतिनिधि मुलक पात्र हुन् । त्यहाँका स्थानियहरुले अन्य विभिन्न किसिमका समस्या राखेका थिए ।
यस्तै जनताका समस्या सुन्दै नगर प्रमुख पूर्ण प्रसाद आचार्यले भने, ‘जनताको समस्या नै मेरो समस्या हो, त्यसैले गेरुवा खोलामा पुलको यस आर्थिक वर्षमा डिपिआर तयार गरी अर्को आर्थिक वर्षमा पुल निर्माण हुनेछ ।’ अहिले तपाईहरुसंग भेटघाट तथा पुलको नापजाँच गरी डिपिआरको लागि आज आएको हुँ,’ उनले थपे ‘पहिले कस्ले बनायो/बनाएन? भन्ने होइन, अब कस्ले बनाउँछ ? भन्ने अहिलेको प्रमुख एजेण्डा हो ।’ तपाईहरुको आशा र भरोसा भनेकै नगर प्रमुख हो त्यसकारणले नगरमा भएका समस्याहरुलाई समाधान गर्ने नगर प्रमुख सधै तपाईहरुको साथमा रहेको आचार्यले बताए ।
जनताका समस्या सुन्दै बाँके क्षेत्र नं. १ का सांसद सुर्य ढकालले तपाईहरुको फाइल तयार गरी केन्द्रबाट बजेटको व्यवस्थापन गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए । यहाँका करोडभन्दा बढिका योजनाहरु रहेका छन्, सानो बजेटले सम्भव छैन त्यसैले केन्द्रबाट नै यसको समाधान हुने ढकालले बताए ।
वडामा भएका समस्याहरुका बारेमा वडा नं. १३ का वडा अध्यक्ष डम्बर खड्काले जानकारी गराएका थिए । सोही अनुसार गेरुवा खोला र रोहिनी खोलामा पुल र सिम्रहवा, सिराह, जामुनाघारीमा तटबन्ध निर्माण गर्नुपर्ने जस्ता समस्याहरुको गराउनुपर्ने जस्ता समस्याहरुलाई नगर प्रमुख पूर्ण आचार्य र बाँके क्षेत्र नं.१ का सांसद सुर्य ढकाललाई जानकारी गराएका थिए ।
सो भेलामा कोहलपुर नगरपालिका उपप्रमुख संगिता सुवेदी, १२ का वडा अध्यक्ष विरेन्द्र कुमार शाह लगायत वडा सदस्य र स्थानीयहरुको सहभागिता रहेको थियो ।
प्रतिक्रिया दिनुहोस्