कोहलपुर ।
जाजरकोटमा नेशनल लाईफ ईन्स्योरेन्स कम्पनीले अभिकर्ता पारिश्रमिक योजना तथा क्षमता अभिबृद्धि तालिम सम्पन्न भएको छ ।
शनिबार भएको नेशनल लाईफ ईन्स्योरेन्स कम्पनी लिमिटेड जाजरकोट शाखाको आयोजनामा सो तालिम सम्पन्न भएको हो । । कार्यक्रम जाजरकोट शाखाका प्रमुख ललित वलीको अध्यक्षतामा नेपालगञ्ज शाखा प्रमुख दीपनारायण खनालको प्रमुख अतिथ्यतामा सो तालिम सम्पन्न भएको थियो ।

जाजरकोट शाखा अन्तरगतका एम डि आर टि बिजेता दिपेन्द्र भण्डारी तथा लिडरहरू पुष्पा खड्का, तुल्सा राना, हुमलाल जैसी र महिमा शाही लगायत अन्य बिजेताहरूलाई सम्मान तथा प्रमुख अतिथि लगायत अन्य अतिथिहरूलाई मायको चिनो समेत बितरण गरिएको थियो ।

नेपालगञ्ज शाखा प्रमुख दीप नारायण खनालले अभिकर्ताको परिश्रमिक र क्षमता अभिबृद्धि सम्बन्धी विभिन्न विषयमा प्रशिक्षण दिएका थिए । तालिममा उत्कृष्ट व्यवसाय गर्ने अभिकर्ताहरुलाई सम्मान गरिएको थियो । कार्यक्रम सञ्चालक पत्रकार ग्यानु गौतम रहेका थिए ।
कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।












प्रतिक्रिया दिनुहोस्