साउदीबाट आएका धन बहादुर खड्का कोहलपुर बसपार्कदेखि एक हप्तादेखि सम्पर्क विहिन




कोहलपुर ।

बाँकेको कोहलपुर नगरपालिका ११ मा रहेको बसपार्कबाट साउदीबाट आएका धन बहादुर खड्का सम्पर्क विहिन भएको आफन्त मिडियामा आएका छन् ।

शनिबार बिहान ११ बजे कोहलपुर टुडेलाई सम्पर्क गरी जाजरकोट नलगाड ७ का सुजन रावलले आफ्नो भिनाजु नाता पर्ने धन बहादुर खड्का साउदीबाट कोहलपुर १७ गते आएको बताए ।

कोहलपुर आएको दिनमा फोन भएको थियो त्यपछि अहिलेसम्म पनि सम्पर्कमा नआएपछि मिडियामा आएको बताएका छन् । रावलले भने नेपाल आएपछि ९८६२५२६६२२, ९८२३५३४१५६ नम्बरबाट फोन भएको थियो अहिले दुबै मोवाइल नम्बरहरु स्वीचअफ रहेका छन् ।

यस्तो छ धन बहादुर खड्काको फोटो ।

No description available.

फेला पार्नुहुने महानुभावले ९८६३७९८४४६ नम्बरमा सम्पर्क गर्नुहोला ।

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०७८ पुस २४ गते शनिबार