एन्फा जिल्ला लिग प्रतियोगिताका लागि जर्सी वितरण




कोहलपुर ।

बाँकेको कोहलपुरमा एन्फा जिल्ला लिग प्रतियोगितामा सहभागि हुने खेलाडीहरुलाई जर्सी वितरण गरिएको छ ।

शुक्रबार कोहलपुरको खुल्ला मैदानमा फुटबल प्रतियोगितामा सहभागि हुने १८ जना खेलाडीहरुलाई जर्सी वितरण गरिएको थियो ।

राष्ट्रिय प्रजातन्त्र पार्टी बाँके जिल्लाका सदस्य तथा समाजसेवी चन्द्र विष्ट र राप्रपाका नगर अध्यक्ष अर्जुनजंग शाहले बाँके जिल्लाका प्रशिक्षक तथा सिटि युथ क्लबका अध्यक्ष युवराज शाहीलाई जर्सी हस्तान्तरण गरेका थिए ।

यस्तै राप्रपाका लुम्बिनी प्रदेश अध्यक्ष लाल बहादुर वली, समाजसेवी मान बहादुर थापा र खुम बहादुर वलीसमेत उपस्थित रहेको थियो ।

एनफा जिल्ला लिग प्रतियोगिता पुष २४ गते भाेलि दिउसाे रगंशालामा  १ बजे कार्यक्रम हुने बाँके जिल्लाका प्रशिक्षक तथा सिटि युथ क्लबका अध्यक्ष युवराज शाहीले जानकारी दिए ।

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०७८ पुस २३ गते शुक्रबार