सुन–चाँदीको मूल्य स्थिर

काठमाडौं ।

सोमबार सुन र चाँदीको मूल्य स्थिर छ । आइतबार सुन प्रतितोला एक लाख चार हजार रूपैयाँमा कारोबार भएको थियो ।

सोमबार पनि प्रतितोला एक लाख चार हजार रूपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले बताएको छ ।

संघका अनुसार आज चाँदी प्रतितोला एक हजार दुई सय ९५ रूपैयाँमा कारोबार भइरहेको छ। गत आइतबार पनि सोही मूल्यमा कारोबार भएको थियो ।

आज अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस १८ सय ५९.९ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।