राम जानकी मन्दिरबाट मुर्ती चाेरी गरेका असरफ बागवान पक्राउ, के-के थिए मुर्ति ?

काेहलपुर ।

बाँकेकाे नेपालगञ्ज उपमहानगरपालिका १ स्थित रहेकाे राम जानकी मन्दिरबाट मुर्ती चाेरलाइ प्रहरीले पक्राउ गरेकाे छ ।

राम जानकी मन्दिरबाट मुर्ती लगायतका विभिन्न सामानहरु चोरी भएको सूचना प्राप्त भएपछि जिल्ला प्रहरी कार्यालयबाट खटिएकाे  प्रहरी टोलीले खोजतलास गर्दा असरफ बागवानलाइ राम जानकी मन्दिरका विभिन्न मुर्ती सहित प्रक्राउ परेकाे जिल्ला प्रहरी कार्यालयले जानकारी दिएकाे छ ।

राम जानकी मन्दिरबाट मुर्तीहरू

१. भगवानको मुर्ती ३ थान

२. घण्टी ५ थान

३. नाग देवताको मुर्ती २ थान

४ तामाको लोटा ४ थान

५. त्रिशुल ३ थान

६. आरती १ थान

७. पाला छोप्ने ढक्कन ८ थान

८. पाला थान २ थान

९. टिका राख्ने भाँडा १ थान

१०. फलामको सिक्रि १ थान

११. सानो आरी १ थान

१२. रिन्च १ थान