लुम्बिनीमा राष्ट्रियसभा सदस्यका लागि मतदान सुरू

दाङ ।

लुम्बिनी प्रदेशमा राष्ट्रियसभा सदस्यका लागि मतदान सुरू भएकाे छ । सत्तारूढ दल नेकपा एमाले, नागरिक उन्मुक्ति पार्टी र प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसबाट गरी तीन जना उम्मेदवारहरू चुनावी प्रतिस्पर्धामा छन् ।

जसअनुसार सत्तारूढ एमालेकातर्फबाट कुमार दसौदी र नागरिक उन्मुक्ति पार्टीबाट राजेन्द्रवीर राय तथा प्रमुख प्रतिपक्षी कांग्रेसका माधवप्रसाद आचार्यको उम्मेदवारी छ ।

प्रदेश निर्वाचन कार्यालय दाङका प्रमुख नारायणप्रसाद भण्डारीका अनुसार दाङ घोराहीको कर्मचारी मिलन केन्द्रमा मतदान सुरू भइसकेकाे र दिउँसो ३ बजेसम्म चल्नेछ ।

तत्कालीन एमाले सांसद खिमलाल भट्टराईले राजीनामा दिएपछि उक्त प्रदेशबाट प्रतिनिधित्व गर्ने राष्ट्रियसभा सदस्य पद रिक्त हुन पुगेको थियो । उक्त रिक्त पदमा आज निर्वाचन हुन लागेको हो ।