कोहलपुर ।
नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्र्तगत बाँकेमा निर्वाचनको तिव्र तयारी भइरहेको छ । जिल्ला निर्वाचन परिचालन समिति बाँकेले निर्वाचनका लागि आवश्यक तयारी सुरु गरेको छ । समितिको सोमबार सम्पन्न बैठकले विभिन्न निर्णय गरेको छ । जिल्ला सहायक निर्वाचन अधिकृत एवम् अधिवक्ता चित्रबहादुर शाहीको अध्यक्षतामा बसेको उक्त बैठकले यही पुस २३ गते दिउँसो १ बजेदेखी ४ बजेसम्म उम्मेदवारी फाराम वितरण गर्ने निर्णय गरेको हो ।
यस्तै पुस २४ गते अपरान्ह ४ बजेसम्म उम्मेदवारी मनोनयन दर्ता, पुस २५ गते दावी विरोध र अन्तिम नामावली प्रकाशन तथा २७ गते बिहान ९ बजेदेखी ४ बजेसम्म मतदान सम्पन्न गर्ने निर्णय गरेको छ । मतदान स्थल केही दिनमा तय गर्ने निर्णय बैठकले गरेको समितिका सदस्य एवम् प्रवक्ता अर्जुन ओलीले सार्वजनिक गरेको प्रेस नोटमा उल्लेख छ ।
उक्त बैठकमा निर्वाचन समितिका सदस्यहरु इश्वरीप्रसाद ज्ञवाली, भोलासिंह हमाल, बाँकेका पुर्वअध्यक्ष प्रहलाद कार्की, प्रकाश लामिछाने, विरेन्द्र यादव, अर्जुन ओली, प्रभाकर भट्टराई, कांग्रेस बाँकेका सभापति किरण कोइराला, जिल्ला सचिव कपिलदेव शर्मा, क्षेत्र नम्बर १ का सभापति पोषणराज केसी, क्षेत्र नम्बर २ का सभापति रमेशकुमार गुप्ता, क्षेत्र नम्बर ३ का सभापति नक्की खाँ लगायतको उपस्थिति रहेको थियो ।
कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।












प्रतिक्रिया दिनुहोस्