भ्रम फैलाई कार्यसमिति विस्तारप्रति नेविसंघ बाँकेका अध्यक्ष विष्टको घोर भत्सर्ना

कोहलपुर ।

नेपाल विद्यार्थी संगठन बाँके अध्यक्षमा उपेन्द्र विष्टले कार्यवहाक अध्यक्ष भनी भ्रम फैलाई कार्यसमिति विस्तारप्रति घोर भत्सर्ना गरेका छन् । नेविसंघको केन्द्रिय कार्यालयले जिल्लाहरुमा १७ गते विवरण मागेको थियो सोही विवरणका आधारमा मंसिर १९ गते अध्यक्ष पदको जिम्मेवारी दिइएको थियो ।

मिति २०७९ साल मंसिर १९ गते नेविसंघका केन्द्रिय अध्यक्ष दुजाङ र्शपा ज्यूले नेविसंघ बाँकेको अध्यक्षमा उपेन्द्र बहादुर विष्टलाई नियुक्ति गरी पठाएको थियो ।

विभिन्न पक्षसंग छलफल गरी जिल्ला कार्यसमिति विस्तार प्रक्रियामा रहेको अवस्थामा नेविसंघ बाँकेको कार्यवहाक अध्यक्ष भनी जिल्ला कार्यसमिति विस्तार गरी भ्रम फैलाउने नियतले गरिएको कार्यप्रति घोर भत्सना गर्दैै गम्भिर ध्यानाकर्षण भएको नेपाल विद्यार्थी संगठनका अध्यक्ष विष्टको हस्ताक्षरित विज्ञप्तीमा भनिएको छ ।

यस्तो छ विज्ञप्ती ।