माओवादी केन्द्रकाे केन्द्रिय समितिमा बाँकेबाट तीन जना निर्वाचित

काेहलपुर ।

नेकपा माओवादी केन्द्रले केन्द्रीय सदस्यमा १११ जना निर्वाचित गरेको छ । आइतबार प्रज्ञा भवन कमलादीमा अध्यक्ष पुष्पकम दाहाल प्रचण्डले खुलातर्फ १११ जनाको नाम घोषणा गरेका हुन् ।

माओवादीले २९९ केन्द्रीय सदस्यमध्ये खुलातर्फबाट १४५ जना निर्वाचित गर्ने विधानमा व्यवस्था गरेको छ । तर प्रचण्डले १११ जनाको नाम घोषणा गर्दै बाँकी ३४ जना पछि चयन गरिने बताए । जसमध्ये बाँकेबाट तीन जना केन्द्रिय सदस्यमा निर्वाचित भएका छन् ।

बाँकेबाट तीन जनाबाट केन्द्रिय सदस्यमा निर्वाचित

१. महेश्वर गहतराज (अथक)

२. पुर्णा कुमारी सुवेदी

३. अन्जना चौधरी