काेहलपुर ।
नेकपा माओवादी केन्द्रले केन्द्रीय सदस्यमा १११ जना निर्वाचित गरेको छ । आइतबार प्रज्ञा भवन कमलादीमा अध्यक्ष पुष्पकम दाहाल प्रचण्डले खुलातर्फ १११ जनाको नाम घोषणा गरेका हुन् ।
माओवादीले २९९ केन्द्रीय सदस्यमध्ये खुलातर्फबाट १४५ जना निर्वाचित गर्ने विधानमा व्यवस्था गरेको छ । तर प्रचण्डले १११ जनाको नाम घोषणा गर्दै बाँकी ३४ जना पछि चयन गरिने बताए । जसमध्ये बाँकेबाट तीन जना केन्द्रिय सदस्यमा निर्वाचित भएका छन् ।
बाँकेबाट तीन जनाबाट केन्द्रिय सदस्यमा निर्वाचित
१. महेश्वर गहतराज (अथक)
२. पुर्णा कुमारी सुवेदी
३. अन्जना चौधरी
कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।












प्रतिक्रिया दिनुहोस्