कोहलपुर ।
नेपाल राहत शिक्षक बाँकेको अध्यक्षमा भिम खरेल सर्वसम्मत चयन भएका छन् । शनिबार भएको पाँचौ जिल्ला अधिवेशनबाट खरेल सहित ३३ जिल्ला कार्यसमिति चयन भएको हो ।

नेपाल राहत शिक्षकका केन्द्रिय अध्यक्ष खेमराज अधिकारीको प्रमुख अतिथि र बरिष्ठ सह अध्यक्ष विरेन्द्र कुमार मल्लको विशिष्ट अतिथिमा सो जिल्ला कार्यसमिति निमार्ण गरिएको थियो ।

जसको सह-अध्यक्षमा खविराम आचार्य, उपाध्यक्षमा रामलाल यादव, गगन थापा, सुष्मा थापा र बुद्धिराम महत्तो, सचिवमा ललित मोहन वली, सह-सचिवमा कुलदिप तिवारी, खुमा तिवारी र जनकराज उपाध्याय, कोषाध्यक्षमा खेमलाल शर्मा, सहकोषाध्यक्षमा जयन्ती गिरी रहेका छन् ।

यस्तै सदस्यहरुमा राजेश सिंह थारु, पारम मणि आचार्य, राजेश कुमार थारु, श्याम विहारी यादव, राम खेलावन गडरीया, बम प्रसाद अधिकारी, गिता सुनार, मञ्जु शर्मा, चक्र बहादुर खत्री, इन्द्रा कुमारी क्षेत्री, राधा रेग्मी, विमला खत्री रहेका छन् ।
यस्तै निर्वतमान नेपाल राहत शिक्षक बाँकेका अध्यक्ष हरीलाल महतराले अन्य ८ जना पालिकाका अध्यक्षहरुलाई नै पदेन सदस्य हुने गरी मनोनय गरिएको बताए ।

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।












प्रतिक्रिया दिनुहोस्