कोहलपुर ।
बाँकेको कोहलपुर नगरपालिकामा सञ्चालन भइरहेको छैठौं नगर स्तरीय मेयर कप रनिङ शिल्ड प्रतियोगिता तथा पन्ध्रौं पालिका स्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड छनौट खेलकुद प्रतियोगितामा भोलि कबड्डि छात्रातर्फको नेरामावि र कृष्ण मावि फाइनको लागि भिड्न लागेका छन् ।
डायनामिक र नेरामाविको पहिलो खेलमा नेरामाविले जित हात पारेको थियो भने निम्बल र कृष्ण माविको दोस्रो खेलमा कृष्ण माविले जित हात पारेको आयोजकले जनाएको छ ।
यस्तै छात्र तर्फको कबड्डी खेलमा रामजानकी र गोर्खा सेमिफाइलमा प्रवेश गरेका छन् भने नेरामावि र कृष्ण मावि सेमिफाइनलमा प्रवेश गरेका छन् । भोलि विहान करिब ८ बजेदेखि छात्रा तर्फको कबड्डीका खेलहरु हुनेछन् ।
‘स्वास्थ्यका लागि खेलकुद, राष्ट्रको लागि खेलकुद’ भन्ने मूल नाराका साथ यहि पुष ८ गतेदेखि सञ्चालन भएको प्रतियोगितामा सुरु भएको थियो । प्रतियोगितामा १५ विधा छन् भने कोहलपुरका सामुदायिक र संस्थागत ३७ विद्यालयका ८ हजार १९ सय बढी सहभागी छन् । प्रतियोगिता भोलि करिब १ बजेदेखि समापनकाे कार्यक्रम हुनेछ ।
कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।















प्रतिक्रिया दिनुहोस्