कोहलपुर मेयर कप : छात्र भलिबलतर्फ ४ विद्यालय सेमिफाइनलमा प्रवेश

कोहलपुर ।

बाँकेको कोहलपुर नगरपालिकामा सञ्चालन भइरहेको छैठौं नगर स्तरीय मेयर कप रनिङ शिल्ड प्रतियोगिता तथा पन्ध्रौं पालिका स्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड छनौट खेलकुद प्रतियोगितामा २ सामुदायिक र २ संस्थागत विद्यालय सेमिफाइनलमा प्रवेश गरेका छन् ।

आइतबार भएको छात्र भलिबलतर्फ पहिलो खेलबाट नमूना विद्या सदनलाई हराउँदै त्रिभुवन नमूना मावि सेमिफाइलमा पुगेको छ भने दोस्रो खेलमा डाईनामिकलाई हराउँदै कृष्ण मावि सेमिफाइनमा पुगेको हो ।

यस्तै छात्र भलिबलतर्फ तेस्रो खेलमा नेपाल राष्ट्रिय माविलाई हराउँदै साइनिङ्ग स्टार सेमिफाइनमा पुगेको थियो भने चौर्थो खेलमा एभरेष्ट सैनिकलाई हराउँदै ब्राईटलाईट सेमिफाइनलमा प्रवेश गरेको छ ।

यस्तै छात्रा भलिबल तर्फ डायनामिक र कृष्ण मावि सेमिफानलमा प्रवेश गरेका छन् भने बागेश्वरी माविव र नमूना मावि सेमिफाइनमा प्रवेश गरेका छन् ।

भोलि बिहान ७ बजेदेखि फाइनलका खेलहरू हुने आयोजकले जनाएको छ ।

‘स्वास्थ्यका लागि खेलकुद, राष्ट्रको लागि खेलकुद’ भन्ने मूल नाराका साथ यहि पुष ८ गतेदेखि सञ्चालन भएको प्रतियोगितामा सुरु भएको थियो ।

प्रतियोगितामा १५ विधा छन् भने कोहलपुरका सामुदायिक र संस्थागत ३७ विद्यालयका ८ हजार १९ सय बढी सहभागी छन् । प्रतियोगिता भोलि समापन हुनेछ ।