Kohalpur Today Header Ads

छैठाैं मेयरकपमा ८ सय १९ जना खेलाडि सहभागिता हुने, तयारी अन्तिम चरणमा




काेहलपुर ।

यही पुष ८ गतेदेखि ११ गतेसम्म हुन लागेकाे काेहलपुर नगरपालिका स्तरिय छैठाैं मेयर कप रनिङ्ग शिल्ड प्रतियाेगिताकाे तयारी अन्तिम चरणमा पुगेकाे आयाेजकले जनाएकाे छ।

काेहलपुर-१, काैशिलानगरमा रहेकाे कृष्ण माध्यमिक विद्यालयकाे खेल मैदानमा हुन लागेकाे छैटाै मेयरकप रनिङ्ग शिल्ड प्रतियाेगितामा सामुदायिक १३ तथा संस्थागत २४ गरि जम्मा ३७ वटा विद्यालय खेलमा सहभागि हुन लागेकाे आयाेजकले जनाएकाे हाे ।

स्काईल्याण्ड ई.मि. स्कुल
बाल ज्याेति ई.मि. सेकेन्डरी स्कुल
बागेश्वरी ई.मि. स्कुल
LIfe Ok

पत्रकार सम्मेलनमा बाेल्दै आयाेजकले खेलमा जम्मा ८ सय १९ जना खेलाडी भाग लिएकाे रनिङ्ग शिल्ड संचालन तथा व्यवस्थापन समितिका सदस्य सचिव एवं कृष्ण माध्यमिक विद्यालयका प्रअ दिलिप वलीले जानकारी दिए ।

खेल प्राविधिक उप समितिका सदस्य विरेन्द्र मल्लका अनुसार प्रतियोगितामा छात्र/छात्रा दुवैतर्फ फिल्ड र ट्रयाकका एक सय मिटर, पन्ध्र सय मिटर दौड,लङजम्प , भलिबल र कवड्डी लगायतका विभिन्न १५ खेलहरु संचालन हुनेछन ।

प्रतियाेगिता ब्यवस्थित बनाउन काेहलपुर नगर खेलकुद विकास समितिका संयाेजक बुद्धि थापा मगरकाे संयाेजकत्वमा १७ सदस्यीय खेल संचालन तथा ब्यवस्थापन उप समिति, बुद्धि थापाकै संयाेजकत्वमा जुरी अफ अपिल, राेशन श्रेष्ठको संयाेजकत्वमा अभिलेख व्यवस्थापन उप समिति, अनिल सेन ठकुरीकाे संयोजकत्वमा प्राथमिक उपचार उप समिति, बिनाेद भट्टराईकाे संयोजकत्वमा प्रचार प्रसार तथा सूचना सम्प्रेषण उप समिति, ऋषिराम शर्मनकाे संयोजकत्वमा उद्घाेषण उप समिति लगाएत विभिन्न ९ वटा उपसमिति गठन गरेकाे प्रअ वलीले जानकारी दिए।

जिल्ला समन्वय समिति बांकेका प्रमुख ज्ञानेन्द्र चौधरीले उद्घाटन गर्ने उक्त रनिङ शिल्डका लागि आवश्यक सम्पुर्ण तयारी पूरा भएकाे प्रअ वलीले जानकारी दिए।

कोहलपुर नगर खेलकुद विकास समितीका अध्यक्ष बद्धि बहादुर थापाको अध्यक्षतामा भएकाे पत्रकार भेटघाट कार्यक्रममा कोहलपुर नगरपालिकाका कार्यबहाक नगर प्रमुख विरेन्द्र कुमार शाह, सामाजिक विकास समिति संयोजक ईश्वरी प्रसाद बि.क., प्रमुख प्रशासकिय अधिकृत टिकाराम ढकाल, नगर शिक्षा प्रमुख रविलाल मिजार,नगर स्वास्थ्य शाखा प्रमुख अनिल सेन बिभिन्न बिद्यालयका प्रधानाध्यापक, बिभिन्न उपसमितिका संयाेजक लगाएतकाे उपस्थिति रहेकाे थियो ।

कार्यक्रमकोकाे सञ्चालन प्रचार प्रसार उपसमितिका संयोजक बिनोद भट्टराईले गरेका थिए ।

काैसिल्या अस्पताल प्रा.लि.

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०७९ पुस ६ गते बुधबार