काेहलपुरमा छैटाैं अन्तर मावि मेयरकप रनिङ्गशील्ड प्रतियोगिता पाैष ८ गतेदेखि ११ गतेसम्म हुने

काेहलपुर ।

बाँकेको कोहलपुर नगरपालिकाले आगामी पाैष ८ गतेदेखि ११ गतेसम्म छैटाैं अन्तर मावि मेयरकप रनिङ्गशील्ड प्रतियोगिता हुन लागेकाे छ ।

सामुदायिक तथा संस्थागत विद्यालयहरुका प्रधानाध्यापक तथा संचालकहरुले आगामी पाैष ८ गतेदेखि ११ गतेसम्म छैटाैं अन्तर मावि मेयरकप रनिङ्गशील्ड प्रतियोगिता सञ्चालन गर्ने निर्णय गरेका हुन् ।

बैंठककाे निर्णय अनुसार छैटाैं अन्तर मावि मेयर कप रनिङ शिल्ड प्रतियोगिताकाे व्यस्थापन र सञ्चालन गर्ने जिम्मा कृष्ण माविले जिम्मा पाएकाे छ  ।

प्रतियोगिताकाे व्यस्थापन र सञ्चालन गर्ने जिम्मा कृष्ण माविका प्रधानाध्यापक दिलिप वलीले आगामी पाैष ८ गतेदेखि ११ गतेसम्म छैटाैं अन्तर मा.वि मेयर कप रनिङ शिल्ड प्रतियोगिता संचालन गर्नका लागि विभिन्न उपसमिति गठन गरिसकेकाे बताए ।

बैठकले काेहलपुर नगर खेलकुद विकास समितिका संयाेजक बुद्धि थापा मगरकाे संयाेजकत्वमा १७ सदस्यीय खेल सञ्चालन तथा व्यस्थापन उप समिति गठन गरेकाे छ  ।

जसमा जुरी अफ अपिलकाे संयाेजकमा बुद्धि थापा, अभिलेख व्यवस्थापन उप समिति  संयाेजक राेशन श्रेष्ठ, प्राथमिक उपचार उप समिति संयाेजक अनिल सेन ठकुरी, प्रचार प्रसार तथा सुचना सम्प्रेषण उप समितिका संयाेजक बिनाेद भट्टराई र उद्घाेषण उप समितिका संयाेजक ऋषिराम शर्मा लगायत विभिन्न ९ वटा उप-समिति गठन गरेकाे प्र अ वलीले जानकारी दिए।

पुष ४ गते गते साँझ ४ बजेसम्म खेलाडीको सम्पूर्ण विवरण सहित टिम दर्ता गरिसक्नुपर्ने र विद्यालयलाई प्रवेश शुल्क पाँच हजार ताेकिएकाे  खेल प्राविधिक उप समितिका सदस्य विरेन्द्र मल्लले बताए । बैठकले मार्च पासमा कम्तिमा २५ र बढिमा ३५ जना विद्यार्थी समावेश गर्ने र  प्रतियोगितामा छात्र/छात्रा दुवैतर्फ फिल्ड र ट्रयाकका एक सय मिटर, पन्ध्र सय मिटर दौड, लङजम्प ,भलिबल र कवड्डी लगायतका विभिन्न १५ खेलहरु संचालन हुने निर्णय गरेकाे खेल प्राविधिक उप समितिका सदस्य मल्लले बताए ।