बैजनाथमा विद्यालय स्तरीय तेस्रो खेलकुद प्रतियोगिता हुँदै




कृष्ण कुमार शाही, बैजनाथ

बाँकेको बैजनाथ गाउँपालिकामा विद्यालय स्तरीय तेस्रो खेलकुद प्रतियोगिता हुुने भएको छ । बैजनाथ गाउँपालिकाका आवि र माविको खेलकुद प्रतियोगिता पुष ६ गतेदेखि ८ गतेसम्म सञ्चालन हुन भएको हो ।

बैजनाथ गाउँपालिकाका शिक्षा शाखा प्रमुख शिक्षा, युवा तथा खेलकुद शाखाका प्रमुख विश्वराज ढकालका अनुसार पालिकाका सामुदायिक तथा संस्थागत विद्यालयहरुले सहभागि हुन पाउने बताए ।

सबै विद्यालयहरुलाई खेलकुद विकास समितिमार्फत सूचना जारी गर्दै बैजनाथ-७ पेडारीमा विहान ६ बजेबाट खेलकुद सुरु हुने जानकारी दिइएकाे छ ।

यस्तो छ सूचना

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०७९ मंसिर १७ गते शनिबार