सामाजिक सञ्जालबाट ठगी गर्ने बारबर्दियाका थारु पक्राउ




कोहलपुर ।

कोहलपुर इलाका प्रहरी कार्यालयले सामाजिक सञ्जालबाट अवैध रुपमा कारोबार गर्ने एक जनालाई पक्राउ गरेको छ ।

खनालका अनुसार क्यानुन ८० मोडेलको डीएसएलआर क्यामेराको खरिद तथा बिक्री गर्न आकर्षक विज्ञापन राख्ने र एडभान्स मागेर सामान नपठाउने काम गरिरहेका भन्दै निजको नाममा उजुरी परेको थियो सोही अनुसार अनुसन्धान गर्दै गर्दा बर्दिया बारबर्दिया नगरपालिका वडा नं १० का २३ वर्षका थारुलाई पक्राउ गरिएको हो ।

सोमबार साँझ पक्राउ गरी आज महानगरीय प्रहरी परिसर, टेकु, काठमाण्डौ पठाइएको इलाका प्रहरी कार्यालय प्रमुख रविन्द्र खनालले जानकारी दिए ।

यस्तै प्रहरीका अनुसार थारुले क्यामेरा खरिद गर्न चाहनेलाई सम्पर्क नम्बर ९७४५५४१४५६ समेत दिई क्यानुन ८० मोडेलको क्यामराको मूल्य रु ७८,०००।– लाग्ने र ५० प्रतिशत रकम पहिला पठाउनु भनी ग्राहकबर्गहरुले सामान डेलिभरी गर्नुपुर्व केही रकम आइएमई पे वा ईसेवा मार्फत पठाउन लगाई सामान डेलिभरी नदिई सम्पर्क बिहिन भएका थिए ।

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०७८ पुस १३ गते मंगलबार