चितवन-१ मा रास्वपाका ढकालल पाँच सय बढि मतले अग्रता

कोहलपुर ।

प्रतिनिधिसभा निर्वाचन अन्तर्गत चितवन क्षेत्र नम्बर १ मा १९ हजार ८१९ मत गणना हुँदा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार हरि ढकालले अग्रता लिएका छन् ।

ढकालले ७ हजार ३८६ मतसहित अग्रता बनाउँदा नेकपा एमालेका सुरेन्द्र पाण्डेले ६ हजार ८४९ मतसहित पछ्याइरहेका छन् ।

ढकालभन्दा ५३७ मतले पाण्डे पछाडि छन् । नेपाली कांग्रेसका डा. विश्वनाथ पौडेलले ६ हजार १२२ मत पाएका छन् ।