दल बहादुर सुनारको पक्षमा बैजनाथका जनता

कोहलपुुर ।

बैजनाथ गाउँपालिकाका जनताहरु दल बहादुर सुनारको पक्षमा देखिएका छन् । आगामी मंसिर ४ गते हुन गइरहेको संघ र प्रदेशका निर्वाचनमा बाम लोकतान्त्रिक गठबन्धनका साझा उम्मेदवार दल बहादुर सुनारको पक्षमा बैजनाथ गाउँपालिका जनता देखिएका हुन् ।

मंगलबार बैजनाथका विभिन्न वडाहरुमा भएको घरदैलो तथा भेटघाट कार्यक्रममा दल बहाहुदर सुनारले मात्र बैजनाथ गाउँपालिकालाई विकास र समृद्धि गर्न सक्छन भन्छन्, बैजनाथ २ डिगियाका स्थानिय टंक शर्मा ।

उनीले सुनारलाई भने, देशको सिचाई मन्त्री, संविधान सभाको सदस्य समेत भएका उनले इमान्दार, कतव्र्य निष्टका साथ काम गरे त्यसको प्रतिफल हामीले दिने भन्दैै खुसी व्यक्त गरे ।

यस्तै बैजनाथ २ कै अर्को पहाडिपुरका स्थानीय अमर शाहीले प्रदेशमा दल बहादुर सुनार भन्दा अन्य राम्रा उम्मेदवार देखिन, तर म अरु कुनै पार्टीको भएपनि हाम्रा लाई होइन राम्रालाई भोट दिने भन्दै अभियान समेत चलाएको शाहीको भनाई थियो ।

हामीले २०४७ सालदेखि भोट हाल्दै आएका छौ, अब राजनितिक दलहरुलाई जनताले केही फरक मतका आधारमा अध्याय सिकाउनु पर्ने देखाउने समय आएको भन्दै जनताहरुलाई सुनारको धारा चुनाव चिन्हमा मतदान गर्न आग्रह समेत गरे ।

घरदैलो अभियानमा बाम लोकतान्त्रिक गठबन्धनका तर्फबाट नेपाली काँग्रेसका सह महामन्त्री किशोर सिंह राठौंर लगायत पाँच दलिय गठबन्धनका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।