गठबन्धनको घरदैलो अभियान सुरु

कोहलपुर

आगामी मंसिर ४ गतेकाे हुन गईरहेकाे पाँच दलिय बाम–लोकतान्त्रीक गठबन्धनले कोहलपुरबाट घरदैलो अभियान सुरु गरेको छ ।

अभियानको पहिलो दिन बिहिबार कोहलपुर नगरपालिका वडा नं. २ मा घरदैलो गरीएको छ । बाँके निर्वाचन क्षेत्र नं. १ अन्तर्गत गठबन्धनको तर्फबाट प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार महेश्वर गहतराज (अथक) र प्रदेश सभा (ख) का उम्मेदवार फुलाराम थारुले संयुक्त रुपमा घरदैलो अभियान सुरु गरेका हुन ।

घरदैलोका क्रममा अथकले आफ्नो कार्यकालमा भए गरेका विकासका कामलाई संस्थागत गर्न र बाँकी रहेका कामलाई पुर्णता दिनुुपर्ने भएकाले पुनः एक पटक मतदान गर्न आग्रह गरेका छन ।

उनले संविधानको रक्षा र विकासका पक्षधरहरुबिच गठबन्धन भएकाले बिना संकोच गठबन्धनका उम्मेदवारलाई मतदान गर्नुपर्ने बताए ।

२०७४ सालको निर्वाचनमा समेत यहि निर्वाचन क्षेत्रबाट निर्वाचित भएका अथक घरदैलो अभियानमा निस्कीएपछि गठबन्धनको पक्षमा ब्यापक जनसमर्थन देखिएको छ ।

विकासवादी नेताको छबी बनाएका अथकलाई एक पटक फेरी जिताउन बिकासनगरका स्थानियहरु एकमत भएका छन । आफ्नै गाँउबाट घरदैलो अभियान सुरु भएकाले थप खुसी मिलेको बताउँदै स्थानिय चन्द्रादेबी बस्नेतले गठबन्धनलाई नै मतदान गर्ने बताईन ।

गठबन्धनको तर्फबाट प्रदेश सभा (ख) का उम्मेदवार फुलाराम थारुले कोहलपुरको बिकास र समृद्धीकालागी गठबन्धनलाई जिताउन आग्रह गरे । उनले स्थानियको भावना अनुसार बिकास निर्माणको काममा लागिपर्ने प्रतिवद्धता जनाउँदै एक पटक अबसर दिन समेत स्थानियहरुसँग आग्रह गरेका छन ।

घरदैलो अभियानका क्रममा स्थानियहरुले गठबन्धनका उम्मेदवारलाई भोट दिन आफुहरु आतुर रहेको बताएका थिए । घरदैलो अभियानमा गठबन्धन आवद्ध दलका नेता, कार्यकर्तासँगै स्थानियहरुको उत्साहजनक सहभागीता रहेको छ ।