Kohalpur Today Header Ads

प्रतिबद्धता होइन ग्यारेन्टी गरेका छौं : शंकर पोखरेल




कोहलपुर, बाँके ।

‘२०७४ सालको निर्वाचनपछि ४१ महिना सरकारमा भएको बेलामा ८२ वटा काम गरेका छौं, अहिले प्रतिबद्धता होइन ग्यारेन्टी गरेका छौं’ नेकपा एमालेका महासचिव शंकर पोखरेलले बताएका छन् । बुधबार साँझ कोहलपुर नगरपालिका १२ मा भएको अगुवा कार्यकर्ता भेटघाट कार्यक्रम यस्तो बताएका हुन् ।

‘जे गरेका छौं त्यहि लेखेका छौ’ उनले भने, ‘जनतालाई भ्रम पार्न काम गरेका होइनौ ।’ अन्य राजनितिक दलहरुले नेपाली जनताका आँकाक्षाहरुलाई पुरा गर्न सकेका छैनन् तर एमालले पुरा गरेको भन्दै यस पटक एमालेका उम्मेदवारहरुलाई विजयी गराउन पोख्ररेलले आग्रह गरेका थिए ।

LIfe Ok

पोख्रेलले नेता तथा कार्यकर्ताहरुलाई आफ्नो पार्टीले गरेका काम र ग्यारेन्टी गरेका बाँचाहरु लिएर जनताको विचमा जानका लागि निर्देशन समेत दिएका थिए ।

महासचिव शंकर पोख्ररेलले नेपाली काँग्रेस र माओवादीका ५ जना कार्यकर्ताले पार्टी परित्याग गरी एमालेमा प्रवेश गरेका थिए ।

कार्यक्रममा बाँके क्षेत्र नं. १ बाट प्रतिनिधि सभा सदस्य सुर्य ढकाल, क्षेत्र नं. १(ख) का दुर्गा प्रसाद थारु, समानुपातिक उम्मेदवार बसन्ती अधिकारी, निर्मला सुनार, सुदा चौधरी र संयुक्त निर्वाचन परिचालन कमिटिका संयोजक बलराम भट्टराई लगायत अन्य नेता तथा कार्यकताहरुको उपस्थित रहेको थियो ।

BMPC

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०७९ कात्तिक १७ गते बिहीबार