Kohalpur Today Header Ads

मंसिर १९ भित्र आमसभाको खर्च बुझाउन उम्मेदवारलाई निर्देशन




निर्वाचन आयोगले उम्मेदवारहरूको चुनावी खर्चको परीक्षण मान्यता प्राप्त लेखापरीक्षकबाट गराउने भएको छ। कानुनी व्यवस्थालाई व्यवहारिक कार्यान्वयनका निम्ति यसपटकबाट लेखापरीक्षण गर्न लागिएको आयोगका प्रमुख आयुक्त दिनेश थपलियाले जानकारी दिए।

‘निर्वाचन आयोगले उम्मेदवारको चुनावी खर्चलाई अब दर्ता भएका लेखापरीक्षकबाट परीक्षण गराउने छ। हामीले तोकेको सीमा अनुसार उम्मेदवारको खर्च लेखापरीक्षकले जाँचबुझ गर्नेछन्,’ थपलियाले भने।

निर्वाचन आयोगले, कोणसभा, आमसभाको खर्च मंसिर १९ गतेभित्र बुझाउन उम्मेदवारलाई निर्देशन दिएको छ। ‘कात्तिक १७ गतेबाट कोणसभा तथा आमसभा गर्न पाउने छन्। उम्मेदवारले त्यस्ता सभाका खर्च मंसिर १९ गतेभित्र आयोगमा बुझाउनुपर्नेछ,’ थपलियाले भने।

स्काईल्याण्ड ई.मि. स्कुल
बाल ज्याेति ई.मि. सेकेन्डरी स्कुल
बागेश्वरी ई.मि. स्कुल
LIfe Ok

निर्वाचन आचारसंहिताको पूर्ण पालना गर्दै गतिविधि गर्न आयोगले राजनीतिक दललाई निर्देशन दिएको छ। आचारसंहिताको पालनाबारे अनुगमन गर्न स्थानीय तहसम्म आयोगले आवश्यक प्रबन्ध मिलाएको थपलियाले बताए ।

काैसिल्या अस्पताल प्रा.लि.

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०७९ कात्तिक १६ गते बुधबार