गठबन्धनका उम्मेदवारलाई विजयी गराउन वडा-वडामा भेला

कोहलपुर ।

आगामी मंसिर ४ गते हुन गइरहेको संघ र प्रदेशको निर्वाचनमा लागि पाँच दलिय गठबन्धनका उम्मदेवारलाई जिताउन वडा वडामा भेला गरिरहेका छन् ।

बाँके क्षेत्र नं. १ मा गठबन्धनका तर्फबाट माओवादी केन्द्रका स्थायी समिति सदस्य एवं युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज (अथक) गोलाकार भित्रको हँसिया हथौडा र बाँके १ (ख) मा नेपाली काँग्रेसका युवा नेता फुलाराम थारु रुख चुनाव चिन्ह लिएर आइतबारदेखि वडा वडामा भेला गर्दै मैदानमा उर्तिएका छन् ।

समानुपातिक उम्मेदवारतर्फ विष्णु कुमारी चौधरीले, पवित्रा रोकाय, राक कृष्ण वि.क. र सन्जु कुमारी चौधरी रहेका छन् ।

यस्तै मंगलबार कोहलपुर नगरपालिका वडा नं. ९ मा भएको वडा भेलालाई सम्बोधन गर्दै बाँके क्षेत्र नं. १ का संघिय प्रतिनिधि सभा सदस्यका उम्मेदवार महेश्वराज गहतराज ‘अथक’ले नमूना वडाको विकास गर्ने योजना निर्माण भएको बताए ।

विद्यालयका टिनका छाना, खेदकुद मैदान, विभिन्न बाटाहरु कालोपत्रे गरेको भन्दै अझै यस वडालाई नमूना वडाको रुपमा विकास गर्ने लक्ष्यका साथ योजना निर्माण भइसकेको ‘अथक’ले बताए ।

‘अहिले केन्द्रिदेखि स्थानीय तहसम्म गठबन्धनको सरकार भएकाले योजना पुरा गर्नका लागि सहज र सजिलो छ’ उनले भने, ‘त्यसैले आगामी ५ वर्ष विकासको स्वर्णिम वर्षको रुपमा लिएको छु ।’ त्यसकारण गठबन्धनका उम्मेदवारहरुलाई मतदान गरी विजयी गराउनु हुन ‘अथक’ ले आग्रह गरे ।

यस्तै भेलालाई सम्बोधन गर्दै प्रदेश क्षेत्र नं. १ (ख) का उम्मेदवार फुलाराम थारुले संविधानको रक्षा र विकासका लागि गठबन्धनका उम्मेदवारहरुलाई मतदान गरी विजयी गराउन आग्रह गरे ।

यस्तै कोहलपुर नगरपालिका वडा नं. ९ का बाम लोकतान्त्रिक गठबन्धन निर्वाचन परिचालन वडा समितिका संयोजक ओपेन्द्रनाथ योगीले उम्मेदवारहरुले आफ्नो वडामा भोट माग्न आउनु नपर्ने भन्दै अन्य क्षेत्रमा जान अनुरोध गरे ।

सो भेलामा समानुपातिक उम्मेदवार विष्णु कुमारी चौधरी, पवित्रा रोकाय, राक कृष्ण वि.क. र सन्जु कुमारी चौधरीले आफ्नो आफ्नो प्रतिबद्धता समेत व्यक्त गरेका थिए ।

भेलामा नेपाली काँग्रेसका प्रदेश (ख) का सभापती तथा संयुक्त निर्वाचन परिचालन समितिका संयोजक बलराम शर्मा लगाएत लोकतान्त्रिक गठबन्धनका नेता तथा कर्यकर्ताको उल्लेखनिय उपस्थिति रहेको थियो ।