असामाजिक गतिविधिलाई निर्मुल पार्ने ढकालको संकल्प

कोहलपुर ।

नेकपा एमालेका नेता तथा बाँके क्षेत्र नं. १ का प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार सुर्य ढकालले समाजमा हुने कुसंस्कारलाई निर्मुल पार्नेका लागि संकल्प लिएकाे बताएका छन् ।

समाजमा लागुपदार्थ दुव्र्यसनी, कुरिती, कुसंस्कार, अन्धविश्वास र हिँसाजन्य घटनाहरुले समाजबाट निर्मूलपार्नका लागि आफ्नो उम्मेदवारी दिइएको बताएका छन् । आइतबार कोहलपुर ५ का युवाहरुसंगको अन्तक्रिया कार्यक्रममा नेकपा एमालेका नेता तथा बाँके क्षेत्र नं. १ का प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार सुर्य ढकालले यस्तो बताएका हुन् ।

‘कालो र चिल्लो बाटो निर्माण हुनुमात्र विकास हुँदैन समाजमा भएका असामाजिक संस्कारहरुलाई निर्मूल पार्नु अहिलेको महत्वपूर्ण मुद्धा हो’ उनले भने’ ‘लागुऔषध, योनजन्य क्रियाकलाप, कुरिती, कुसंस्कार, अन्धविश्वास र हिँसाजन्य घटना समाजमा बढिरहेका छन् ।’ त्यसको राजनितिक दलहरुबाटै नै सम्भव हुने भएकाले यसतर्फ ध्यान दिन सबैलाई आग्रह गरेका थिए ।

यस्तै कोहलपुर ५ पृथ्वीनगरका स्थानीयहरुले कोहलपुर क्षेत्रमा भएका असामाजिक गतिविधिका कारणले गर्दा बाहिर कोहलपुर क्षेत्रमा बसोबास गर्छु भन्दा लाज भएको भन्दै राजनितिक दलहरुलाई यसतर्फ ध्यान दिन आग्रह समेत गरेका थिए ।

आज एउटा घरमा समस्या छ तर भोली सबैको घरघरमा समस्या हुन्छ त्यसैले कालो र चिल्लोे बाटो भन्दा समाजलाई असामाजिक गतिविधिबाट रोक्नुपर्ने अहिलेको आवश्यक रहेको बताएका छन् । प्रदेश सभा सदस्य पदका उम्मेदवार दुर्गा प्रसाद चौधरी, एमालेका नेता तथा कार्यकर्ताको उपस्थित रहेको थियो ।