‘संविधानको रक्षा, देशको विकास र स्थायित्वका लागि गठबन्धनले जित्नैपर्छ’




कोहलपुर ।

निर्वाचन क्षेत्र नं. १ (ख) अन्र्तगत कोहलपुर नगरपालिकाको २ मा बाम–लोकतान्त्रिक गठबन्धनले संयुक्त निर्वाचन परिचालन तथा सम्पर्क कार्यालय स्थापना गरेको छ । आइतबार लुम्बिनी प्रदेश साँसद उषा पुन (गहतराज) ले संयुक्त निर्वाचन परिचालन तथा सम्पर्क कार्यालय उद्घाटन गर्नुभएको हो ।

उद्घाटनको क्रममा बोल्दै पुनले गठबन्धनको मर्मअनुसार सबै दलहरु चुनावी अभियानमा लाग्नुपर्ने बताउनुभएको छ । संविधान बचाउने र मास्नेबीचको लडाई भएकाले गठबन्धनलाई केटाकेटीको खेलजस्तो नसम्झन उहाँले आग्रह गर्नुभयो । ‘संविधानको रक्षा, देशको विकास र स्थायित्वका लागि गठबन्धन अपरिहार्य छ,’ ‘विगतका ठुला–ठुला राजनीतिक परिवर्तन सम्भव गर्न विभिन्न दलहरुका बीचमा सहकार्य भएको इतिहास छ, पुनले भन्नुभयो ।’

यस्तै कार्यक्रममा नेपाली काँग्रेसका नगर सभापति विरेन्द्र कुमार शाह, नेकपा माओवादी केन्द्रका वडा नं. २ का अध्यक्ष अमर विक र बाम गठबन्धनका संयुक्त निर्वाचन परिचालन कमिटि वडा नं. २ का संयोजक यज्ञ महराले बाम–लोकतान्त्रिक गठबन्धन सत्ता र शक्ति आर्जनका लागि नभएर संविधान पूर्ण रूपमा कार्यान्वयन गर्न र लोकतन्त्रलाई संस्थागत गर्नका लागि अपरिहार्य भएकाले एक ढिक्का भएर लाग्न सबैलाई आग्रह गरेका थिए । कार्यक्रममा गठबन्धनको तर्फबाट क्षेत्र नं. १ (ख) का उम्मेदवार फुलाराम थारु र समानुपाति उम्मेदवार विष्णु चौधरी कार्यक्रममा उपस्थित रहेको थियो ।

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०७९ कात्तिक ६ गते आइतबार