बाम गठबन्धनकाे बाँके क्षेत्र नं १ ‘ख’ मा एकैदिन ८ वटा वडामा प्रचार कार्यालय स्थापना हुने

कोहलपुर ।

बाँके निर्वाचन क्षेत्र नं १ (ख) ले एकै दिनमा ८ वटा वडामा प्रचार कार्यालय स्थापना हुन लागेका छन् । आइतबार कोहलपुर नगरपालिकाका १ देखि ८ वडामा बाम लोकतान्त्रिक गठबन्धनको संयुक्त निर्वाचन परिचालन समितिको एकै दिनमा ८ वटा वडामा प्रचार कार्यालय स्थापना गर्ने लागिएको हो ।

संयुक्त निर्वाचन परिचालन समितिका संयोजक बलराम शर्माले कोहलपुर नगरपालिकाको १ देखि ८ सम्मका वडाहरुमा प्रचार कार्यालय स्थापना गर्न लागिएको बताए । मंसिर ४ को प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनको प्रचार अभियानलाई प्रभावकारी बनाउन कार्यालय स्थापना गर्न लागिएको हो ।

यस्तै संयुक्त निर्वाचन परिचालन समितिका सह-संयोजक दामोदर अधिकारीले कोहलपुरका ७ र राप्तीसोनारीका २ वटा वडा गरी जम्मा ९ वटा वडा प्रचार कार्यालय सोमबार स्थापना हुने बताए ।

मंसिर ४ को प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनको प्रचार अभियानलाई व्यवस्थित गरी गठबन्धनमा आबद्ध दलहरुका नेताहरुलाई खटाइने अधिकारीले बताए । बलराम शर्मा (न्यौपाने) को नेतृत्वमा २ हजार १ सय ५५ सदस्यीय निर्वाचन परिचालन समिति गठन गरिएको छ ।