स्वतन्त्र उम्मेदवारलाई माओवादीमा प्रवेश गराएपछि कार्यकर्ता अलमलमा




कोहलपुर ।

आगामी मंसिर ४ गतेको प्रदेश सभाको निर्वाचनमा स्वतन्त्र उम्मेदवारलाई माओवादीमा प्रवेश गराएपछि कार्यकर्ता अन्योलमा परेका छन् । बाँके ३ (क) मा माओवादी केन्द्रबाट आधिकारीक रुपमा आइपी खरेलले उम्मेदवारी दिएका थिए । तर नेकपा एकीकृत समाजवादीबाट बिद्रोह गरेर स्वतन्त्र उम्मेदवारी दिएका दलबहादुर सुनारलाई माओवादीमा प्रवेश गराएपछि कार्यकर्ताहरु अन्योलमा परेका हुन् ।

बाँके ३ (क)मा एकै क्षेत्रबाट २ जना माओवादी केन्द्रबाट उम्मेदवार एक झुण्डले भनिरहेको छ भने अर्को तर्फ एकअर्कोलाई स्वीकारर्ने अवस्था छैन । माओवादी केन्द्र पार्टीको केन्द्रिय स्तरबाट नै दुई खेमाको राजनितिक सुरु भएको छ जसले गर्दा अहिले प्रदेश सभामा समेत देखियो ।

बैजनाथ गाउँपालिका र खजुरा गाउँपालिकाका दुई अध्यक्षले असोज २५ गतेका दिन सामुहिक राजिनामा दिएका थिए । सोमबार स्वतन्त्र उम्मेदवार दलबहादुर सुनार माओवादीमा प्रवेश गरेपनि आफ्नो स्वतन्त्र उम्मेदवारी कायम हुनेछ भने आईपी खरेलले गठबन्धन र माओवादीको आधिकारीक उम्मेदवार भएको सामाजिक फेसबकमार्फत स्पष्ट पारेका छन् ।

आईपी खरेल माओवादी केन्द्रको पालिकाको कमिटीबाट सिफारिसमा नपरेनन् । तर केन्द्रमा तालमेल मिलाएर पार्टीले तीनै आईपीलाई टिकट दिएपछि माओवादी केन्द्रका ३ दर्जन बढि नेता कार्यकताहरुले माओवादी केन्द्र नै परित्याग गर्ने गरी विद्रोह गरे । सोमबार दल बहादुर सुनार माओवादीमा प्र्रवेश गराएपछि झन विवाद चर्किएको छ । माओवादी केन्द्र परित्यागको घोषणा गरेका ती ३ दर्जन बढि नेता कार्यकताहरुले दल बहादुर सुनार नै माओवादीको आधिकारीक उम्मेदवार मानिरहेका छन् ।

खरेलको उम्मेदवारी कायम रहेकै अवस्थामा स्वतन्त्र उम्मेदवारीलाई पार्टीमा प्रवेश गराएपछि माओवादी समर्थकहरु भने पार्टीको आधिकारीक उम्मेदवार को भन्ने विषयमा अलमलमा परेका छन् ।

माओवादीकी बाँके जिल्ला इन्चार्ज पूर्णाकुमारी सुवेदी र जिल्ला संयोजक डम्बर विक तुफानले उनलाई पार्टी प्रवेश गराएका हुन् । २०७० मा बाँके क्षेत्र नम्बर ३ बाट निर्वाचित भएका सुनार सिंचाई राज्यमन्त्री पनि भएका थिए । क्षेत्र नम्बर ३ को दलित समुदायमा सुनारको प्रभाव रहेको बताइन्छ ।

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०७९ कात्तिक १ गते मंगलबार