सरकारी निवासमै एसएसपी यादवको शव झुण्डिएको अवस्थामा फेला




भैरहवा : नेपाल प्रहरीका वरिष्ठ उपरीक्षक (एसएसपी) सुशील कुमार यादव सरकारी निवासमै झुण्डिएको अवस्थामा मृत अवस्थामा फेला परेका छन् । उनको शव शुक्रबार संघीय इकाइ प्रहरी कार्यालय भैरहवास्थित सरकारी निवासमै झुण्डिएको अवस्थामा फेला परेको हो ।

प्रहरी प्रधान कार्यालयले घटनाको पुष्टी गरिसकेको छ । नेपाल प्रहरीका प्रवक्ता वसन्त कुँवरले यादवको शव झुण्डिएको अवस्थामा फेला परेको जानकारी दिए । ‘बिहान निवासमै स्टाफले खाजा लिएर जाँदासम्म अवस्था सामान्य नै थियो, तर बिहान ११ बजेतिर एसएसपी यादवको शव झुण्डिएको अवस्थामा निवासमै भेटियो, यसबारेमा विस्तृत जानकारी मातहतबाट मागेका छौं,’ उनले भने ।

एसएसपी यादवको मृत्युको कारण नखुलेको कुँवरले बताए । प्रहरी प्रधान कार्यालय स्रोतका अनुसार केही दिनअघि मात्र उनीमाथि विभागिय कारबाही चलेको थियो ।

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०७८ पुस ९ गते शुक्रबार