बक्यौता रकम पुर्ण रुपमा छुटकाे माग राख्दै ध्यानाकर्षण




काेहलपुर ।

नेपाल घरेलु तथा साना उद्योग महासंघले नेपाल बिद्युत प्राधिकरण नेपालगञ्जका प्रमुखलाई ध्यानाकर्षण गराएका छन् ।

बिहिबार नेपाल घरेलु तथा साना उद्योग महासंघले नेपाल विद्युत प्राधिकरण डिभिजन कार्यालय नेपालगञ्जको वितरण केन्द्रले मिती २०७८-८-१६ को सूचना बमोजिम खजुरा गाउँपालिका अन्तर्गतका १०५ जना उद्योगीहरुलाई बाँकी बक्यौता बिद्युत महशुल बुझाउन भनि पठाइएको पत्रको बारे गम्भिर ध्यानाकर्षण गराएको नेपाल घरेलु तथा साना उद्योग महासंघ बाँकेका अध्यक्ष मधु खड्काले जानकारी दिइन् ।

यस्तै उनका अनुसार नेपाल बिद्युत प्राधिकरणबाट मिटर दर्ता गर्दा /गराउँदा त्यस कार्यालयको प्राविधिक कमजोरीका कारण औधोगिक साना हुनुपर्नेमा औधोगिक ग्रामिण तथा घरेलु वर्गमा बिलिङ भएकाले उद्योगीहरुले कम बिल तिरिरहेको र हाल विद्युत प्राधिकरणले छानविन तथा अनुसन्धान गर्दा त्यस कार्यालयले बाँकी बक्यौता रकम बुझाउन उद्योगीहरुलाई पत्र पठाइएको हुदाँ उद्योगीहरु पिडामा परेको र यस बिषयमा उद्योगीहरुको कुनै कमि कमजोरी नभएको हुँदा बाँकी बक्यौदा रकम छुट गर्नका लागि प्राविधिकरण नेपालगञ्जमा ध्यानाकर्षण पत्र बुझाएको अध्यक्ष खड्काले बताइन् ।

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०७८ पुस ८ गते बिहीबार