कोहलपुरमा बन्दुक देखाएर लुटपाट गर्नेलाई कारवाही गर्न स्वतन्त्र पार्टीको माग

कोहलपुर ।

कोहलपुर नगरपालिकामा बन्दुक देखाएर असोज ५ गतेको राती लुटपाट भएको थियो । कोहलपुर नगरपालिका वडा नं. ८ विरेन्द्रजंङ्ग शाहीको घरमा बन्दुक देखाएर १० तोला सुन सहित साढे २ लाख बढि लुटपाट गरेको थियो ।

राष्ट्रिय स्वतन्त्र पार्टीले शुक्रबार विज्ञप्ती जारी गर्दै ८ जनाको समूहमा आएको जत्थाले गरेको लुटपातको घट्ना प्रति हाम्रो पार्टीको गम्भिर ध्यानाकर्षण भएको जनाएको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टी कोहलपुरका सभापति आनन्द काफ्ले हस्ताक्षर भएको विज्ञप्तीमा भनिएको छः, नेपालीहरुको महान चाड दशैं, तिहार, छठ पर्व तथा नजिकिंदो निर्वाचनको पूर्व सन्ध्यामा भएको घट्नाले सर्वसाधारण जनतामा त्रास फैलिएको छ ।

सरोकारवाला निकायले लुटपाटमा संलग्न दोषी पत्ता लगाई कारवाहीका लागि जोडदार माग गर्दैछौं, साथै जनताको धनजन तथा ज्यानको सुरक्षाको ग्यारेन्टी राज्यको रहेको समेत ध्यानाकर्षण गराउने उल्लेख गरेको छ ।

घटना

असोज ५ गते राती कोहलपुर नगरपालिका वडा नं. ८ विरेन्द्रजंङ्ग शाहीको घरमा बन्दुक देखाएर १० तोला सुन सहित साढे २ लाख बढि लुटपाट गरेको थियो । प्रहरी र आफन्तलाई फोन गर्ने खोज्दा मोवाइल पनि लुटे ।

त्यसपछि बाहिरबाट चुक्कुल लगाइदिए । तर बिहान मोर्निङ्ग वाक गर्ने व्यक्तिले चिच्याएको आवाज सुनेपछि ढोका खोलिदिए । यो विषयमा इलाका प्रहरी कार्यालयले अनुसन्धान गरिरहेको छ । तर अहिलेसम्म कोही लुटेराहरु पक्राउ गर्न भने सकेको छैन ।