Kohalpur Today Header Ads

बाँकेमा ‘जनताको साथमा कांग्रेस’ अभियान




Sagarmatha CC TV

कोहलपुर ।

बाँकेमा नेपाली काँग्रेसले ‘जनताको साथमा कांग्रेस’ अभियान सुरु गरेको छ । नेपाली कांग्रेस क्षेत्रीय कार्यसमिति क्षेत्र नम्बर २ बाँकेले मंगलबार पार्टी कार्यालय नेपालगञ्जमा ‘जनताको साथमा कांग्रेस’ अभियान कार्यक्रम गरेको छ ।

कार्यक्रममा सम्बोधन गर्दै नेपाली कांग्रेसका सभापति नारायणप्रसाद गौडेलले बाँकेमा कांग्रेस एक्लै लड्न सक्षम रहेको बताएका छन् । उनले चुनावी गठबन्धन गर्ने पार्टीको निर्णय कार्यान्वयन भए कांग्रेसलाई उचित स्थान नदिए परिणाम उल्टो आउन सक्ने चेतावनी समेत दिए ।

सगरमाथा ज्ञानपुञ्ज
LIfe Ok

‘डुडुवा गाउँपालिकामा एमालेसँग मिलेर जनता समाजवादी पार्टी(जसपा)ले बजेट पास हुन नदिने अनि यो ठाउँमा गठबन्धन कसरी सफल हुन्छ ?’ उनले प्रश्न गरे, ‘गठबन्धन गर्दै गर्दा गठबन्धन गरेका दलले कत्तिको जिम्मेवारी प्रस्तुत गरेका छन ?’ गठबन्धनमा रहेका दलहरुमा अहंकार देखिएकाले त्यसले गठबन्धनको संस्कारलाई मजबुत नबनाउने गौडेलले टिप्पणी गरे ।

नेपाली कांग्रेस बाँकेकी निवर्तमान सभापति किरण कोइराला, लुम्बिनी प्रदेश कार्यसमिति सदस्य प्रमेश्वरी पाठकले कार्यक्रममा क्षेत्र नम्बर १ का क्षेत्रीय सभापति पोषण केसी, महाधिवेशन प्रतिनिधि अजितकुमार शर्मा, प्रदेश २ (क) का सभापति ज्ञानेन्द्रकुमार चौधरी, जिल्ला कार्यसमिति सदस्य उमा थापा मगर, महिला संघकी सभापति नारायणी रुपाखेती, तरुण दलका सचिव बिनोद रिजाल आ-आफ्ना धारणाहरु राखेको थिए ।

यस्तै प्रदेशसभा क्षेत्र नम्बर २ (ख) का सभापति जितेन्द्रबहादुर हमाल (कैलाश) को सभापतित्वमा भएको कार्यक्रममा प्रदेशसभा क्षेत्र नम्बर २ (ख ) का सचिव प्रदिप साहले स्वागत मन्तव्य व्यक्त गरेका थिए भने कार्यक्रमको सञ्चालन क्षेत्रीय सचिव सुनिलसिंह हमालले गरेका थिए ।

तस्बिरहरु सौजन्य : अर्जुन वली

BMPC

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०७९ भदौ २१ गते मंगलबार