बाँके प्रदेश सभा–१ ‘ख’ बाट नेपाली काँग्रेसले ९ जना उम्मेदवार सिफारिस

कोहलपुर ।

आगामी मंसिर ४ गतेका लागि तोकिएको संघिय र प्रदेश सभा निर्वाचनका लागि विभिन्न पार्टीले प्रत्यक्ष तथा समानुपातिकतर्फका उम्मेदवारहरु सिफारिस गर्ने क्रम जारी छ ।

सोही निर्वाचनका लागि प्रदेश सभा–१ ‘ख’ बाट नेपाली कांग्रेसले पनि सम्भावित उम्मेदवारको नाम सिफारिस गरेको छ ।

नेपाली कांग्रेसका प्रवक्ता गोपाल शर्माले नेपाली कांग्रेसले प्रदेश सभा १ ‘ख’ को तर्फबाट कृष्ण कार्की, चक्र बहादुर अधिकारी, चिन्तामणि धिताल, चुडामणि कडेल, जयसिंह के.सी., टेक नारायण भुषाल, फुलराम थारु, लक्ष्मणराज पौडेल र सञ्जु कुमारी चौधरी गरी ९ जनाको नाम सिफारिस गरिएको बताए ।

यस्तै समानुपातिक तर्फ अञ्जना पाण्डे, कृष्ण बहादुर वि.क., कृष्ण बहादुर पुन, गुट्टु थारु, जागेश्वर थारु, धनऋषि शर्मा, पूर्णकला सापकोटा पौडेल, भानुभक्त भट्टराई, मिना सिग्देल, डा. राजकुमार सुवेदी र लोक बहादुर दमाई गरी ११ जनाको नाम सिफारिस गरिएको पार्टीका प्रवक्ता शर्माले जानकारी दिए ।

प्रदेश सभा १ ‘ख’ बाट २०७४ सालको निर्वाचनमा तत्कालिन बाम गठबन्धनले जित हात पारेको थियो। बाम गठबन्धनका तर्फबाट नेकपा एमालेकी नेतृ आरती पौडेल निर्वाचित भएकी थिइन् । नेपाली कांग्रेसले नारायणप्रसाद गौडेललाई आफ्नो उम्मेदवार बनाएको थियो ।