कोहलपुर ।
आगामी मंसिर ४ गते हुने निर्वाचनमा एमाले बहुमत लिएर सरकारमा जाने पोलिटव्यूरो सदस्य तथा प्युठान जिल्ला इन्चार्ज सुर्य थापाले बताएका छन् ।
प्रेस चौतारी बाँकेको आयोजनामा पत्रकार सम्मेलन गर्दै थापाले यस्तो बताएका हुन् ।
आगामी मंसिर ४ गते हुन गइरहेको संघिय र प्रदेशको निर्वाचनको लक्षित गरी विभिन्न जिल्लाहरुमा दौडाह चलिरहेको छ ।
थापाले सत्तापक्षहरुले एमालेको डरले गठबन्धन गरेको र निर्वाचन घोषण गरेसंगै काम चलाउ सरकारले महत्वपूर्ण निर्णय गर्ने नपाउने उनको भनाई थियो ।
यस्तै पत्रकार सम्मेलनमा एमाले बाँकेका जिल्ला सचिव रत्न खत्री, प्रेस चौतारी लुम्बिनी प्रदेशका सह इन्चार्ज रुद्र सुवेदी, रुपा गहतराज, रुपनी जिएम, दुर्गा रोकाय, बिनोद भट्टराई लगायतको उपस्थिति रहेको थियो ।
कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।












प्रतिक्रिया दिनुहोस्