एमाले बहुमत सहित सरकारमा जान्छ : पोलिटव्यूरो सदस्य थापा

कोहलपुर ।

आगामी मंसिर ४ गते हुने निर्वाचनमा एमाले बहुमत लिएर सरकारमा जाने पोलिटव्यूरो सदस्य तथा प्युठान जिल्ला इन्चार्ज सुर्य थापाले बताएका छन् ।

प्रेस चौतारी बाँकेको आयोजनामा पत्रकार सम्मेलन गर्दै थापाले यस्तो बताएका हुन् ।

आगामी मंसिर ४ गते हुन गइरहेको संघिय र प्रदेशको निर्वाचनको लक्षित गरी विभिन्न जिल्लाहरुमा दौडाह चलिरहेको छ ।

थापाले सत्तापक्षहरुले एमालेको डरले गठबन्धन गरेको र निर्वाचन घोषण गरेसंगै काम चलाउ सरकारले महत्वपूर्ण निर्णय गर्ने नपाउने उनको भनाई थियो ।

यस्तै पत्रकार सम्मेलनमा एमाले बाँकेका जिल्ला सचिव रत्न खत्री, प्रेस चौतारी लुम्बिनी प्रदेशका सह इन्चार्ज रुद्र सुवेदी, रुपा गहतराज, रुपनी जिएम, दुर्गा रोकाय, बिनोद भट्टराई लगायतको उपस्थिति रहेको थियो ।