बढैयातालमा पारिवारिक निजि वन संघकाे अध्यक्षमा पौडेल

कोहलपुर ।

बढैयातालय गाउँपालिका स्तरीय पारिवारिक निजि वन संघ , नेपाल (एफोन) को नयाँ कार्यसमिति चयन भएको छ ।

सोमबार भएको गाउँपालिका स्तरीय प्रथम अधिवेशनबाट दिपक पौडेलको ११ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ ।

जसको उपाध्यक्षमा तेज कुमारी थारु, सचीवमा सिर्जना अधिकारी र कोषाध्यक्षमा चिरञ्जीवी अधिकारी चयन भएका छन् । यस्तै सदस्यहरुमा मन बहादुर क्षेत्री, सीता शर्मा, दामोदर शर्मा, सुशिला रानाभाट, सालु भुजुवा, सब्बिर खाँ र सिता अधिकारी रहेका छन् ।