प्रेस चौतारीको दाङ शाखाको अध्यक्षमा डिसी

कोहलपुर ।

दाङमा भएको प्रेस चौतारी नेपालको दाङ शाखाको ९ औ अधिवेशनबाट नयाँ कार्यसमिति चयन भएको छ । सोमबार भएको ९ औ अभिवेशनबाट ईन्द्र विवस डिसी, उपाध्यक्ष सुधासुमन ढकाल र प्रेम बहादुर राम्जा, सचिवमा किरण गौतम, सहसचिवमा एकराज भण्डारी र चन्द्र बहादुर नेपाली, कोषाध्यक्षमा गोकर्ण पौडेल सर्वसम्मत नयाँ कार्यसमिति चयन भएका छन् ।