Kohalpur Today Header Ads

उच्च मनोबलका साथ खेल्न खेलकुद मन्त्री अथकको शुभकामना




युएईमा हुने एसीसी यू-१९ एसिया कप क्रिकेट प्रतियोगितामा सहभागी हुने नेपाली टिमलाई बिदाई गरीएको छ । काठमाडौंमा सोमबार आयोजित एक कार्यक्रमका बीच युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराज (अथक) र नेपाल क्रिकेट संघ (क्यान) का अध्यक्ष चतुरबहादुर चन्दले यू-१९ क्रिकेट टिमलाई बिदाई गरेका हुन् ।

यही डिसम्बर २३ देखि युएईमाहुने प्रतियोगिता खेल्न जाने नेपाली टिमलाई बिदाई गर्दै युवातथा खेलकुद मन्त्री अथकले नेपालमा क्रिकेटको भविष्य राम्रो भएको उल्लेख गरे । सधैं झैं यस पटक पनि नेपाली खेलाडीहरुले राम्रो खेल प्रदर्शन गर्नेमा आफु ढुक्क रहेको बताए ।

मन्त्री अथकले उच्च मनोबलका साथ खेल्दै उपाधि हासिल गर्न शुभकामना समेत दिए । एसिया कपमा नेपालसँगै आयोजक युएई, भारत, पाकिस्तान, बंगलादेश, श्रीलंका, अफगानिस्तान र कुवेतको सहभागिता रहनेछ । प्रतियोगितामा सहभागी हुने नेपाली टिम सोमबार राती नै युएई प्रस्थान गर्नेछ ।

LIfe Ok
BMPC

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०७८ पुस ५ गते सोमबार