Kohalpur Today Header Ads

कोहलपुरका सरकारी कार्यालय र चोकहरुमा दाउरा राख्ने




कोहलपुर ।

कोहलपुर नगरपालिकामा रहेका सबै सरकारी कार्यालय र चोकहरुमा दाउरा राख्ने सर्वपक्षीय बैंठकले निर्णय गरेको छ । आज बसेको सर्वपक्षीय बैंठककले कोहलपुरमा रहेका सरकारी कार्यालय र हवल्दारपुरदेखि कौशिलानगर, मदनचोक देखि रोहिनीखोला सम्ममा रहेका चोकहरुमा दाउरा राख्ने निर्णय गरेको छ ।

विपद् व्यवस्थापन शाखाका प्रमुख पुरुषत्तोतम पोख्रेलका अनुसार जनताहरुलाई प्रत्यक्ष रुपमा सेवा दिने कार्यालय र अन्य चोकहरुमा दाउराको व्यवस्था गरी चिसोबाट बच्न आगोकाे बाल्ने भनी यो निर्णय गरिएकाे बताए ।

LIfe Ok

सो कार्यक्रममा कोहलपुर नगरपालिका प्रमुख लुट बहादुर रावत, वडा अध्यक्ष, विभिन्न पार्टीका नगर अध्यक्ष, इलाका प्रहरी कार्यालय प्रमुख रविन्द्र खनाल, इलाका प्रशासन कार्यालयका प्रमुख काँसी पंगेनी र उद्योग वाणिज्य संघका अध्यक्ष लक्ष्मणराज पौडेलको उपस्थित रहेको थियो ।

BMPC

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०७८ पुस ५ गते सोमबार