नेतादेखि कार्यकर्तासम्मबाट वार्षिक १०० रुपैयाँ उठाउने माओवादी निर्णय




नेकपा माओवादी केन्द्रले नेतादेखि कार्यकतासम्मबाट वार्षिक १०० सय रुपैयाँ उठाउने निर्णय गरेको छ ।

आइतबार बिहान प्रचण्ड निवास खुमलटारमा बसेको पूर्व स्थायी समिति बैठकले पार्टी सदस्यबाट वार्षिक १०० सय लेवी उठाउने निर्णय गरेको पूर्व स्थायी समिति सदस्य हरिबोल गजुरेलले बताए ।

पार्टी कार्यालय सञ्चालनदेखि पार्टीका महत्वपूर्ण इभेन्ट सञ्चालन गर्न वार्षिक एकसय रुपैयाँ उठाउने निर्णय गरेको हो । कुल ८ लाख पार्टी सदस्यबाट वार्षिक एक सय रुपैयाँ उठाएमा कुल ८ करोड रुपैयाँ जम्मा हुने भएको छ ।

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०७९ जेठ २२ गते आइतबार