राप्तीसोनारी ।
बाँकको राप्तीसोनारी गाउपालिकामा सम्पन्न कार्यपालिका सदस्य निर्वाचनमा एमालेको प्यानलै विजयी भएको छ । सोमबार सम्पन्न निर्वाचनमा एमालेका उम्मेदवार दलियत अल्पसंख्यबाट केशवराज दमाई २७ मत, थानबहादुर बिक २८ मतल्याई विजयी भएका छन ।
उनीहरुको निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका धनबहादुर बिक १८ र प्रदिप कुमार रजकले १८ मत प्राप्त गरेको गाउकार्यपालिका मुख्य निर्वाचन अधिकृत टोपोन्द्र केसीले जनाएका छन । ।
यसैगरी गाउकार्यपालिकामा महिला सदस्यमा सुमित्रा कुमारी थारु २८, गौत्रा कुमारी डाँगी २७, यमकुमारी वली २७, राधिका सुनार २७ मत ल्यएर विजयी भए ।
उनीहरुका प्रतिद्वन्द्वी माओवादी केन्द्रका कमला विकले १९ मत, नुमा विक १९, मिना कुमारी बुढा १९, राप्रपा कि लक्ष्मी थारुले १९ मत प्राप्त गरेका थिए ।
कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।












प्रतिक्रिया दिनुहोस्