परिश्रम नगरी फल पाइदैन भन्ने भन्ने उदारण हुन् हरी कठायत । कोहलपुर वडा नम्बर २ मा विगतदेखि बस्दै आएका छन् ।
विहान उज्यालो भएदेखि राती नसुदासम्म विकास र समृद्धिको बारेमा चिन्ता लाग्छ उनलाई । उनको बुवा खड्क बहादुर कठायत र आमा रङ्गिता कठायत/संगिता कठायत हुन् । उनका कान्छी जेठी दुई आमा छन् । उनी जूम्ला चन्दनाथ नगरपालिकामा जन्मेका कठायत २०५५ सालमा कोहलपुरमा बसाइसराई गरे । उनका १ छोरा र १ छोरी गरी दुई भाइबहिनी छन् ।
उनले १-५ डाइनामिक बोडिङ्ग स्कुल, ६-१० लक्ष्मी मावि बर्दहवा र प्रविणता तह बागेश्वरी बहुुमुखी क्याम्पस कोहलपुरबाट उर्तिण गरे । बागेश्वरी क्याम्पसमा अध्ययनरत भएकै समयमा नेविसंघमा सदस्य हुँदै २०७३ सालमा कोहलपुरको नगर अध्यक्ष र अहिले १४ औं अधिवेशनका क्षेत्रिय प्रतिनिधी भएर काम गर्ने मौका पाएका छन् । बागेश्वरी यातायात प्रालिमा समेत आबद्ध छन् ।
‘यो मेरो लगनशिल, मेहनत र परिश्रमकोे फल हो भन्छन् अध्यक्ष पदका उम्मेदवार कठायत भन्छन्’ समाज परिवर्तनका लागि निकै अहोरात्र खटिरहेका कठायत अहिले कोहलपुर २ बाट नेपाली काँग्रेसको तर्फबाट अध्यक्ष पदमा उम्मेदवार बनेका छन् ।
कोरोना महामारी भएको बेलामा सबैको घरघरमा खाद्यान्न, आर्थिक, सामाजिक, भौतिक समस्या समाधान गर्नका लागि पहल गरेको अध्यक्ष पदका उम्मेदवार कठायत बताउँछन् ।
यस्ताे छ हरी कठायतकाे टिम।

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।













प्रतिक्रिया दिनुहोस्