नेपाली काँग्रेसका महामन्त्री गगन कुमार थापा कोहलपुर आउँदै




प्रखरवक्ता, पुर्व मन्त्री, माननीय सांसद एवम् नेपाली कांग्रेसका महामन्त्री गगन थापा आज मिति २०७८ फाल्गुन ३० गते बिहान ११ बजे कोहलपुर आउने र नगर, प्रदेश ख र क्षेत्र नं १ बाँकेको पार्टी कार्यालय उद्घाटन तथा चुनावी सभालाई सम्बोधन गर्ने कार्यक्रम भएका छन् । नेपाली काँँग्रेस बाँके क्षेत्र नं.१ को आयोजनामा हुन लागेको चुनावी सभालाई सम्वोधन गर्न आउन लागेका हुन ।

नेपाली काँग्रेस क्षेत्र नं. १ बाँकेले आयोजना हुन लागेको सभाको पुर्ण तयारी सम्पन्न भएको क्षेत्रीय सभापति पोषण केसीले वताए । महामन्त्री गगन थापाले अहिलेको वर्तमान अवस्थामा एमसिसिको बारेमा आम जनमानसमा त्यसको महत्व र अहिलेको अवस्थामा नेपाललाई हुने फाईदाको वारेमा जानकारी गराउने कार्यक्रम रहेको केसीले जानकारी गराए । उक्त कार्यक्रमा सवै आम नेपाली काँग्रेसका कार्यकत्ता तथा शुभ चिन्तकहरुलाई कार्यक्रमा आउन आग्रह समेत गरेका छन् ।

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०७८ फागुन २९ गते आइतबार