सुर्खेतमा पुगेर प्रचण्डले भने, देशलाई ठुलाे दुर्घटनाबाट जाेगायाैं

सुर्खेत ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले एमसीसीले गर्दा नेपाल एउटा ठुलो दुर्घटना हुनबाट बचाएको बताए । अहिले एमसीसी संसदबाट पारित भएपछि गठबन्धन र सरकार दुवै सुरक्षित छ उहाँले भन्नुभयो एमसीसी पारित नभए गम्भिर प्रकृतिको असर पर्ने थियो । देश दुर्घटनामा जाने खतरा थियो तर माओवादी केन्द्रको अगुवाईमा १२ बुँदे ब्याख्यात्मक घोषणासहित पारित गरेर देश दुर्घटना हुनबाट जोगाएको उनले दावी गरे ।

पार्टीको प्रशिक्षणको लागि वीरेन्द्रनगर गएका अध्यक्ष प्रचण्डले सुर्खेत विमान स्थलमा पत्रकारहरुसँग कुराकानी गर्दै ‘संसदबाट १२ बुँदे ब्याख्यात्मक घोषणासहित पारित भएको एमसीसी दिर्घकालिन किसिमले नेपालको राष्ट्रिय एकतालाई सुदृढ गर्ने प्रकृतिको छ’ उनले भने, ‘यसलाई अमेरिकाले समर्थन गरेसकेपछि अझै महत्व बढ्दै गएको छ ।

यसले गर्दा गठबन्धन पनि सुरक्षित भएको छ । सरकार सुरक्षित भएको छ । निर्वाचनसम्म वा अझै परसम्म गठबन्धन जाने बाटो खुलेको छ । देश दुर्घटनामा जाने धेरै कुरा टरेको छ । नेपालीका लागि यो खुशीको कुरा हो ।’ उनले एमसीसी पारित भए पछि माओवादी केन्द्र भित्र देखिएका मतभेद् तथा समस्या समधान भइसकेको बताए ।