एन–प्याब्सन बाँकेको अध्यक्षमा चिरञ्जीवी चन्द निर्वाचित




नेपालगन्ज । राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (एन–प्याब्सन) बाँकेको १०औँ जिल्ला अधिवेशनबाट चिरञ्जीवी चन्द जिल्ला अध्यक्षमा निर्वाचित भएका छन्।

अधिवेशनबाट वरिष्ठ उपाध्यक्षमा गोविन्द रावत, उपाध्यक्षमा धनबहादुर ओली, कोषाध्यक्षमा लोकराज डाँगी, सचिवमा धनबहादुर शाही, सह–सचिवमा रमेशकुमार यादव र सह–कोषाध्यक्षमा प्रशान्त रिजाल निर्वाचित भएका छन्।

त्यस्तै वरिष्ठ सदस्य पदमा धनबहादुर खड्कालगायत अन्य सदस्यहरू निर्वाचित भएका छन्। नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरूलाई अधिवेशनमा सहभागी विद्यालय सञ्चालक, संस्थापक तथा प्रतिनिधिहरूले बधाई तथा सफल कार्यकालको शुभकामना दिएका छन्।

नयाँ कार्यसमितिले जिल्लाका निजी तथा आवासीय विद्यालयको शैक्षिक गुणस्तर अभिवृद्धि, विद्यालयका साझा समस्या समाधान, संस्थागत विद्यालयबीच सहकार्य तथा निजी शिक्षाको क्षेत्रमा देखिएका चुनौती सम्बोधन गर्न प्रभावकारी भूमिका निर्वाह गर्ने अपेक्षा गरिएको छ।

एन–प्याब्सन बाँकेको नयाँ नेतृत्वले ‘नयाँ नेतृत्व, नयाँ ऊर्जा र नयाँ उपलब्धि’ को नारासहित संस्थागत विद्यालयको हकहित र शैक्षिक सुधारका क्षेत्रमा काम गर्ने  नवनिर्वाचित अध्यक्ष चन्दले प्रतिबद्धता जनाएको छन्।

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०८३ भदौ १४ गते आइतबार