Kohalpur Today Header Ads

बाँकेमा बाख्रा चराउन गएकी १८ वर्षीया किशोरी बलात्कृत, एक युवक पक्राउ




बाँके । बाँकेको लामेडाँडामा बाख्रा चराउन गएको बेला १८ वर्षीया किशोरी बलात्कृत भएकी छन्।

ती किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा राप्तीसोनारी गाउँपालिका-१, झुम्पा बस्ने ३८ वर्षीय रूपलाल खुनालाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ।

LIfe Ok

बाख्रा चराउन गएको मौका छोपी रूपलालले ती किशोरीमाथि जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय कोहलपुरबाट खटिएको प्रहरी टोलीले उनलाई नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय कोहलपुरका प्रहरी निरीक्षक हरिप्रसाद पुनले कोहलपुर टुडेलाइ जानकारी दिए ।

पक्राउ परेका आरोपीमाथि जबरजस्ती करणी कसुरमा थप अनुसन्धान भइरहेको र कानुनी प्रक्रिया अगाडि बढाइएको प्रहरीले जनाएको छ।

तस्विर : AI बाट निमार्ण गरिएकाे हाे ।

BMPC

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०८३ साउन २२ गते शुक्रबार