कोहलपुरमा संस्थागत विद्यालयको छात्रवृत्ति विवरण : ४९ विद्यालयमा ५ हजार बढि विद्यार्थी लाभान्वित




कोहलपुर । कोहलपुर नगरपालिकाले शैक्षिक सत्र २०८३ का लागि संस्थागत विद्यालयहरूले उपलब्ध गराएको छात्रवृत्ति विवरण सार्वजनिक गरेको छ । शिक्षा तथा खेलकुद शाखाले सार्वजनिक गरेको सूचनाअनुसार नगरभित्र सञ्चालित संस्थागत विद्यालयहरूले प्रचलित कानुनअनुसार नर्सरीदेखि कक्षा १० सम्म अध्ययनरत विद्यार्थीका लागि उपलब्ध गराएको छात्रवृत्तिको विस्तृत विवरण सार्वजनिक गरिएको हो ।

नगर शिक्षाका शाखा प्रमुख रविलाल मिजारका अनुसार विद्यालयहरूले पेश गरेको विवरणका आधारमा सूची सार्वजनिक गरिएको बताए ।

सार्वजनिक विवरणबारे कुनै किसिमको गुनासो वा कैफियत भए सम्बन्धित विद्यालय प्रशासन तथा अभिभावकसँग आवश्यक समन्वय गरी नगरपालिकाको शिक्षा तथा खेलकुद शाखामा जानकारी गराउन पनि आग्रह समेत गरेका छन् ।

सार्वजनिक गरेको विवरणअनुसार कोहलपुरका ४९ वटा संस्थागत विद्यालयमा कुल २८ हजार ७०६ विद्यार्थी अध्ययनरत छन् । तीमध्ये ५ हजार ४ सय ४९ जना विद्यार्थी छात्रवृत्तिमा अध्ययन गरिरहेका छन्, जुन कुल विद्यार्थी संख्याको १९ प्रतिशत हो ।

विद्यालयहरूले प्रदान गरेको छात्रवृत्तिमा खुलातर्फ २ हजार ८ सय १८ जना र समावेशीतर्फ २ हजार ४ सय ८८ जना विद्यार्थी लाभान्वित भएका छन् ।

खुलातर्फको छात्रवृत्तिअन्तर्गत जहेन्दारमा ११५४ जना, द्वन्द्व पिडितमा ७१ जना विपन्न असहाय ११९३ जना विद्यार्थी रहेका छन् ।

यस्तै समावेशी छात्रवृत्तिअन्तर्गत महिलामा ६९२ जना, आदिवासी जनजातिमा ८३३ जना, मधेसीमा १३२ जना, दलितमा ५२० जना, अपाङ्गतामा ७१ जना र पिछडिएको क्षेत्रमा २४० विद्यार्थीले छात्रवृत्ति प्राप्त गरेका छन् ।

सार्वजनिक गरिएको विवरणमा ब्राइटलाइट एकेडेमी, गोरखा युनाइटेड पब्लिक स्कूल, जनज्योति पब्लिक हाईस्कुल, एभरेष्ट सैनिक स्कूल, नेपाल ए.पी.एफ. स्कूल, सेन्चुरी एजुकेसनल एकेडेमी, मनकामना पब्लिक स्कूल, फूलबारी एजुकेसनल एकेडेमी, कोहलपुर पाठशाला, भरोसा एकेडेमी, कोहलपुर वागेश्वरी ई.मि. स्कूल, गुरुकुल स्कूल, न्यू कर्णाली ई.मि. स्कूल, बेबी ब्लुम मन्टेसरी, पञ्चमुखी ई.मि.स्कूल, ब्रिज इन्टरनेसनल स्कूल, वेष्र्टन ई.मि. स्कूल, गुरुकुल शिक्षा सदन, बालविद्या सेकेन्डरी स्कूल, दिव्य विद्या सदन, ग्रिनहिल एकेडेमी, बालविज्ञान इङ्ग्लिस बोर्डिङ स्कूल, नमुना विद्या सदन, साइनिङ्ग स्टार ई.मि. स्कूल, शिखा एकेडेमी, क्यानभास ई.मि. स्कूल, मिसन पब्लिक एकेडेमी, जीवन ज्योति माध्यमिक विद्यालय, वागेश्वरी एकेडेमी, रामजानकी माध्यमिक विद्यालय, तक्षशिला एकेडेमी, कोहलपुर विलिभर्स स्कूल, युरो स्कूल, डाइनामिक माध्यमिक विद्यालय, निम्बल एकेडेमी, बालज्योति ई.मि. स्कूल, के.एम.सी. सेकेन्डरी स्कूल, कोहलपुर माध्यमिक विद्यालय, कोहलपुर लिटिल एन्जेल्स, कोहलपुर सिटी एकेडेमी, लर्ड वागेश्वरी एकेडेमी, आशा एकेडेमी, समता शिक्षा निकेतन, ग्रीन पिस ई.मि. स्कूल, दीपज्योति विद्याश्रम माध्यमिक विद्यालय, गोल्डेन फ्युचर एकेडेमी, जानकुञ्ज ई.मि.स्कूल, डायमण्ड स्टार एकेडेमी र गौतम बुद्ध स्कूलको छात्रवृत्ति विवरण समावेश गरिएको छ ।

नगरपालिकाले सार्वजनिक गरेको सूचीअनुसार सबै संस्थागत विद्यालयलाई छात्रवृत्ति वितरण पारदर्शी बनाउन र वास्तविक लक्षित वर्गसम्म सुविधा पु¥याउन नियमित अनुगमन गरिने शाखा प्रमुख मिजारले जानकारी दिए । साथै विद्यालयहरूले पेश गरेको विवरणमा त्रुटि वा असहमति भए सम्बन्धित पक्षले प्रमाणसहित नगरपालिकाको शिक्षा तथा खेलकुद शाखामा जानकारी गराउन आग्रह समेत गरेका छन् ।

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०८३ असार ३२ गते बिहीबार