Kohalpur Today Header Ads

कबिन्द्र परियार उत्कृष्ट शिक्षकका रूपमा सम्मानित




प्युठान । स्वर्गद्वारी नगरपालिका–प्युठानका शिक्षक कबिन्द्र परियार उत्कृष्ट शिक्षकका रूपमा सम्मानित भएका छन्। लुम्बिनी प्रदेश सरकार अन्तर्गतको सामाजिक विकास डिभिजन कार्यालय, प्युठानले विद्यालयको शैक्षिक गुणस्तर अभिवृद्धि, अनुशासित शिक्षण, विद्यार्थीमैत्री सिकाइ वातावरण निर्माण तथा विद्यालय विकासमा पुर्‍याएको उल्लेखनीय योगदानको कदर गर्दै उहाँलाई नगद रु. ५,००० सहित सम्मान गरेको हो।

स्वर्गद्वारी नगरपालिकाको शिक्षा शाखाले उत्कृष्ट शिक्षक छनोट प्रक्रियामार्फत परियारलाई सम्मानका लागि सिफारिस गरेको जनाएको छ। उहाँले विद्यालयको समग्र विकास, गुणस्तरीय शिक्षण सिकाइ र विद्यार्थीको क्षमता विकासमा निरन्तर सक्रिय भूमिका निर्वाह गर्दै आउनुभएको भन्दै सम्मान प्रदान गरिएको हो।

LIfe Ok

सम्मानपछि सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै परियारले उत्कृष्ट शिक्षकका रूपमा सम्मानित हुन पाउँदा गर्व र खुशी लागेको बताएका छन्। विद्यालय विकासमा आफ्नो योगदानको मूल्यांकन गर्दै सम्मान गर्ने लुम्बिनी प्रदेश सरकार अन्तर्गतको सामाजिक विकास डिभिजन कार्यालय, प्युठान तथा छनोटका लागि सिफारिस गर्ने स्वर्गद्वारी नगरपालिका र नगर शिक्षा शाखाप्रति उहाँले हार्दिक आभार व्यक्त गरेका छन्।

कबिन्द्र परियार शिक्षण क्षेत्रमा आउनुअघि पत्रकारितामा पनि सक्रिय थिए। पत्रकारितामा रहँदा विभिन्न उत्कृष्ट पत्रकारिता पुरस्कार प्राप्त गरेका परियारले शिक्षण पेशामा प्रवेश गरेपछि पनि आफ्नो समर्पण, मेहनत र सिर्जनशील कार्यशैलीका कारण उत्कृष्ट शिक्षकको सम्मान प्राप्त गर्न सफल भएका हुन्।

स्थानीय शिक्षा क्षेत्रमा समर्पित व्यक्तित्वका रूपमा परिचित परियारको यो सम्मानले शिक्षण पेशामा रहेका अन्य शिक्षकलाई समेत थप प्रेरणा मिल्ने विश्वास गरिएको छ। शिक्षा क्षेत्रमा निरन्तर उत्कृष्ट कार्य गर्ने शिक्षकको सम्मानले गुणस्तरीय शिक्षा प्रवर्द्धनमा सकारात्मक सन्देश दिने अपेक्षा गरिएको छ।

कविन्द्र परियार काेहलपुर टुडेका समाचार प्रमुख समेत हुन् ।

BMPC

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०८३ असार ३१ गते बुधबार