कक्षा १२ को नतिजा सार्वजनिक, नियमिततर्फ ६९.७५ प्रतिशत उत्तीर्ण




काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा सार्वजनिक गरेको छ । शुक्रबार (आज) बिहान बसेको परीक्षा बोर्डको बैठकले नतिजा सार्वजनिक गरेको हो ।

बोर्डका सदस्य सचिव जंगबहादुर अर्यालले बिहान ८ बजे बैठक बसेर कक्षा १२ को नतिजा सार्वजनिक गरिएको जानकारी दिए । यसपटक नियमिततर्फ ६९.७५ प्रतिशत उत्तीर्ण भएका छन् । नतिजाको थप विवरण आउन बाँकी छ ।

सरकारले ४५ दिनभित्र नतिजा सार्वजनिक गर्न निर्देशन दिएको थियो । वैशाख १४ बाट २७ गतेसम्म परीक्षा भएको थियो । ४५ दिनभन्दा केही दनि ढिला बोर्डले नतिजा सार्वजनिक गरेको हो ।

यसअघि एसईईको नतिजा २९ दिनमा सार्वजनिक गरिएको थियो ।

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०८३ असार ५ गते शुक्रबार