नयाँ बीएड पाठ्यक्रममा पाँचदिने रिफ्रेसर कार्यशाला सुरु




सुर्खेत । मध्यपश्चिम विश्वविद्यालय, ग्र्याजुएट स्कुल अफ एजुकेशन, डिन कार्यालयको आयोजना तथा विश्वविद्यालय अनुदान आयोगको सहयोगमा Five-Day Refresher Workshop on the New B.Ed. Curriculum for Strengthening Pedagogical and Subject Competencies विषयक पाँच दिने कार्यशाला मिति २०८३ जेठ १५ गतेबाट औपचारिक रूपमा सुरु भएको छ।

कार्यक्रमको उद्घाटन सत्र ग्र्याजुएट स्कुल अफ एजुकेशनका डिन सह-प्रा.डा. आनन्द प्रसाद सुवेदीज्यूको अध्यक्षता, विश्वविद्यालयका उपकुलपति प्रा.डा. नारायण प्रसाद पौडेलज्यूको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ ।
कार्यशालाको पहिलो दिन करिब ५० जना प्राध्यापकहरुको उत्साहजनक सहभागिता रहेको थियो। दिनभरमा महत्वपुर्ण शेसन र विषयगत समूह कार्य संचालन भए, जसमा विषयगत विज्ञहरुले सशक्त सजिकरण गरेका थिए ।

विश्वविद्यालयका प्राध्यापकहरुको शैक्षिक तथा पेशागत विकासमा प्रत्यक्ष चासो राखी महत्वपुर्ण समयका लागि उपकुलपतिज्यूप्रति डिन कार्यालय हार्दिक कृतज्ञता प्रकट गर्दछ। साथै, कार्यशालालाई ज्ञानमूलक र प्रेरणादायक बनाउने लक्ष्य र उद्देश्य राखिएको छ ।

उक्त कार्यक्रममा केन्द्रिय क्याम्पस लगायत आंगिक क्याम्पसका प्राध्यापकहरुको उपस्थित रहेको सहभागी वागेश्वरी बहुमुखी क्याम्पस कोहलपुरका उपप्राध्यापक एकराज शर्माले जानकारी दिए ।

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०८३ जेठ १६ गते शनिबार