भेरी शीत भण्डार सहकारी कोहलपुरमा बलराम भट्टराई अध्यक्षमा निर्वाचित




काेहलपुर। भेरी शीत भण्डार सहकारी कोहलपुरमा बलराम भट्टराई अध्यक्षमा निर्वाचित भएका छन् । शनिबार भएकाे  निर्वाचनमा भट्टराइले ६९९ मतसहित विजयी भएका हुन् । उनका प्रतिद्वन्द्वी यूवराज पौडेलले ५२९ मत प्राप्त गरेका छन्।

उपाध्यक्ष पदमा अमर बहादुर खड्का ६३९ मतसहित विजयी भएका छन् भने उनका प्रतिस्पर्धी मोहन रिजालले ५३७ मत प्राप्त गरेका छन् ।

यस्तै लेखा संयोजक पदमा बिष्णु चौधरी ६६९ मतसहित विजयी हुँदा हेमकान्त लामिछानेले ४५० मत प्राप्त गरेका छन् ।

यस्तै सदस्य पदतर्फ गौरीकान्त आचार्य ६७६, भिम बहादुर डाँगी ५९१, सिताराम थारू ६१९, अर्जुन थारू ५९१ मतसहित निर्वाचित भएका छन् ।

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०८३ वैशाख १३ गते आइतबार