कोहलपुरमा नेतृत्व विकास तथा सकारात्मक सोचसम्बन्धी तालिम




कोहलपुर । कोहलपुर नगरपालिकाको आयोजना तथा क्रिसा कोहलपुरको सहकार्यमा सामुदायिक तथा संस्थागत विद्यालयका सहायक प्रधानाध्यापक, लेभल इन्चार्ज, कोर्डिनेटर, अनुशासन संयोजक लगायत झन्डै ८० जना सहभागीलाई Navigating Emotions सम्बन्धी नेतृत्व विकास तथा सकारात्मक सोच विषयक तालिम दिएकाे छ।

कार्यक्रममा काठमाडौं विश्वविद्यालयका सहायक प्राध्यापक तथा Head of School of Counselling and Wellbeing डा. कृष्ण वाग्लेले सहजीकरण गरेका थिए । उनले भावनात्मक सन्तुलन, प्रभावकारी नेतृत्व, सकारात्मक सोच तथा विद्यालय व्यवस्थापनमा आवश्यक व्यवहारिक सीपबारे प्रशिक्षण दिएका थिए । तालिममा सहभागीहरूले कार्यक्रम निकै उपयोगी र प्रेरणादायी भएको बताएका छन्।

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०८३ वैशाख १२ गते शनिबार